Advertisement
विज्ञापन

सरकारले अर्घाखाँची माथि जघन्य अपराध गर्दैछ पूर्व मन्त्री आचार्य



Advertisement
विज्ञापन

प्रराजेन्द्र खनाल, कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले यातायात सेवा कार्यालय कपिलवस्तुको तौलिहवामा लैजाने कुराले अर्घाखाँचीका जनतामाथि जघन्य अपराध भएको बताएका छन् । उनले भने, “म मन्त्री भएकै बेला यातायात विभागको कार्यालय सबै जिल्लामा विस्तार गर्ने अवधारणा विकास गरेको थिएँ तर अहिलेको गठबन्धन सरकारले दुई जिल्लालाई एक कार्यालय बनाउएको छ । यो सरासर गलत छ ।

अर्घाखाँची जिल्लालाई जोडेर कपिलवस्तुको तौलिहवामा कार्यालय खोल्ने कुरा अर्घाखाँचीबासीलाई मान्य नहुने पनि उनले बताए । यस विषयमा आफूहरुले जोडदार संघर्ष गरिएको र सेवा कार्यालय पायक पर्ने क्षेत्रमा हुने धारणा पनि व्यक्त गरेका छन् । साथै उनले अर्घाखाँचीबाट बुटवल जान नागरिकलाई एउटै गाडि चढे हुने तर तौलिहवा जाँदा तीनवटा साधन परिवर्तन गर्नुपर्ने बाध्यता हुने पनि बताए ।


Advertisement
Advertisement
Advertisement

पूर्व मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका आचार्यले आफु मन्त्री भएका बेला कै सरकारले सबै जिल्लामा कार्यालय खोल्ने अवधारणा ल्याएको भए पनि वर्तमान गठबन्धन सरकारले कार्यालय खोल्ने नाममा जनतालाई दुख दिने र अन्याय गर्ने काम गरिरहेको पनि बताए लगाए ।

यसैबिच उता जिल्ला सदरमुकाम तौलिहवामा सेवा कार्यालय खोल्ने मन्त्रालयका सचिव नेपालले बताइरहेका बेला सदरमुकाम स्थित नेता तथा जनप्रतिनिधिहरु पनि पूर्वाधार जुटाउने र कार्यालय खोल्ने तयारीमा छन् ।

मन्त्री पुर्मती ढेगा मगर सहित सचिव दिपकराज नेपाल र कपिलवस्तु नगरपालिकाका मेयर किरण सिँह सहितको एक टोलीले स्थान निर्धारणका लागि अध्ययन समेत गरेको छ । अध्ययन अवलोकनका क्रममा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ स्थित रामघाट क्षेत्रमा कार्यालय स्थापनाका लागि उपयुक्त स्थान रहेको भन्दै सोही ठाउँमा कार्यालय खोल्न नगरपालिका सहितको एक टोलिले सिफारिश पनि गरेको बताइएको छ ।

प्रदेश सरकारले कपिलवस्तु र नवलपरासीमा कार्यालय खोल्ने निर्णय गरिसकेको छ । सरकारको निर्णय सँगै नागरिकस्तरमा खुसीयाली छ तर राजनितिक दल र जनप्रतिनिधिहरुले कार्यालय स्थापनाको विषय तानतानको अवस्थामा पु¥याउँदा भने कहाँ कार्यालय बन्छ भन्ने विषय अझै अन्यौलमा परेको हो ।

उता मन्त्रालयको टोलीले कपिलवस्तुमा शुक्रबार स्थलगत अध्ययन र सरोकारवालाहरुसँग छुट्टाछुट्टै छलफल र अन्र्तक्रिया गरेर सकाएको छ । मन्त्रालयका सचिव दिपकराज नेपालले आफूहरुले एक चरण अध्ययन गरेको र सम्पूर्ण जिम्मा प्रमूख जिल्ला अधिकारी र कपिलवस्तुका जनप्रतिनिधि तथा राजनितिक दलहरुको समूहलाई दिएको बताए । उनले कार्यालय प्रमूख सहितको टोलीले पुनः अध्ययन गर्ने र कपिलवस्तु नगरपालिका कै कुनै पायक पर्ने र पार्किङ् पुग्ने स्थानमा कार्यालय स्थापना गर्ने जानकारी दिए ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad