Advertisement
विज्ञापन

मालारानी गाउँपालिकाको १२ औ गाउँ सभा तथा हिउँदे अबिधेशन सम्पन्न



Advertisement
विज्ञापन

खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको १२ औ गाउँ सभा तथा हिउँदे अबिधेशन आज सम्पन्न भएको छ ।पालिका अध्यक्ष बालकृष्ण शर्मा आचार्यले गाउँपालिकाको आर्थिक बर्ष २०७८÷०७९ को पुरक बजेट निति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

पेश भएको निति तथा कार्यक्रम सभाबाट पारित भएको पालिकाका प्रबक्ता बालकृष्ण आचार्यले जानकारी दिनु भयो । कृषि पर्यटन र सहकारी सम्बृद्ध मालारानी भन्ने मूल नारा सहित गाउँपालिकाले आबधिक योजना निर्माण गरि बिकाश निर्माणको कार्यलाई अगाडि बढाएको छ । पालिकाले पहिलो गाउँ सभाबाट पालिका भित्र रहेका खरका छाना हटाई टिन लगाउने निती अनुसार १२ सय ५६ घर धुरीमा टिन लगाईएको र १ सय ३९ वटा निर्माणधिन अबस्थामा रहेको पालिका अध्यक्ष आचार्यले बताउनु भयो ।


Advertisement
Advertisement
Advertisement

यस्तै पालिकाले एक घर एक धारो अभियान अन्तर्गन प्रदेश र संघ सरकारको समन्व्यमा खानोपानी आयोजनाहरु सम्पन्न गर्ने र बिद्युत महशुलमा पालिकाले ५० प्रतिशत छुट दिने , कृषि तथा भेटनरी अध्यायन गरेकाहरुले व्यबासयमा आकर्षित गर्न मासिक ५ हजार प्रोत्साहन गर्ने , एमबिबिएस , ईन्जीनियर लगाएतमा बिषयमा अध्यापन गर्ने बिद्यार्थीहरुलाई ५ बर्ष सम्म प्रतिबर्ष १ लाखका दरले ५ जना पालिका भित्रका व्याक्तिहरुलाई ५ बर्ष सम्म ५ लाख छात्रबृति प्रदान गर्ने र अध्यापन सकेपछि कम्तीमा ३ बर्ष पालिका भित्र कार्य क्षेत्र बनाएर सेबा प्रदान गर्ने व्यस्था मिलाईएको आचार्यले जानकारी दिनु भयो ।

सभालाई सम्बोधन गर्दै पालिका अध्यक्ष आचार्यले पालिकाको प्रशासकिय भवन , वडाकार्यालय भवन , स्वास्थ्य संस्थाहरुको भवन निर्माण , १५ शैयाको अस्पताल निर्माणधिन , कोरोना बिशेष अस्पताल सञ्चालन , आयुर्बेद सेबा अन्तर्गत नागरिक आरोग्य केन्द्र सञ्चालन , जडिबुटि संकलन केन्द्र निर्माण , पालिकाको पहुच मार्गलाई स्तर उन्नती गरि पिचको कार्यलाई समेत अगाडि बढाएको छ । भने मालारानी कृषि तथा पशु उद्यमशिलता परियोजना १७ सय महिला , १ सय युबा र ५० जना फरक क्षमता भएका व्याक्तिहरुलाई स्वरोजगार बनाउन हेफर ईन्टरनेश्नल नेपालको साझेदारी गरि उक्त कार्यक्रम समेत अगाडि बढाईएको सभा सदस्यलाई जानकारी गराउनु भएको थियो ।

पालिकाले पहिलो चौमासिक भित्र २० लाख भन्दा बढिका १९ वटा योजनाहरुको बिद्युतिय माध्यमबाट प्रकाशन गरि कार्यन्व्यनको चरणमा गएको र बैशाख मसान्त भित्र सबै आयोजनाहरुको निर्माण कार्य सम्पन्न गर्ने गरि कार्ययोजना बनाएको समेत आचार्यले जानकारी दिनु भयो । सभामा बोल्दै पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले समृद्धि मालारानी निर्माण गर्नकोलागी सहयोग गर्ने सम्पुर्ण सरोकारवाला , पालिका बासी आमाबुबा दाजु भाइ दिदिबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।पालिकाले ३ करोड ८९ लाखको पुरक बजेट गाउँ सभाबाट पारित भएको पालिकाका प्रमुख प्रसासकिय अधिकृत रमेश पन्थिले जानकारी दिनु भयो ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad