Advertisement
विज्ञापन

कोरोना महामारीले साना बालबालिका बढी प्रभावित



Advertisement
विज्ञापन

काठमाडौं, पुस ८ । कोरोना महामारी जोखिममा साना बालबालिका बढी प्रभावित बनेको एक अध्ययनले देखाएको छ।कोरोना महामारीको उच्च जोखिम रहेको अवस्थामा नेपालमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको सिकाइ, स्वास्थ्य र मनोसामाजिक अवस्थामा नकारात्मक असर पुर्‍याएको युनिसेफको एक अध्ययनले देखाएको हो।

युनिसेफले डिसेम्बर २० मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा कोरोना महामारीबीच नेपालमा उल्लिखित उमेर समूहका पाँच बालबालिकामध्ये एकजना विकासको पहुँचबाहिर रहेको उल्लेख छ।


Advertisement
Advertisement

‘महामारीले विशेष गरी बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई नकारात्मक असर पारेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएको परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षास्तर भएका हेरचाहकर्ताको देखभालमा रहेका बालबालिका र प्रारम्भिक बालशिक्षा कार्यक्रममा सहभागी नभएका बालबालिका विकासको लयभन्दा टाढिने उच्च जोखिममा छन्।’

युनिसेफले गत अगस्टमा प्रारम्भिक बालविकास सूचांक ९इसिडिआई० सर्वेक्षण गरेको थियो। सर्वेक्षणमा नेपालका २ हजार ८ सय ५३ घरधुरी समेटिएका थिए। फोनमा आधारित सर्वेक्षणमा दुईदेखि चार वर्ष उमेर समूहका बालबालिकाको कोरोना जोखिमबीच भइरहेको विकास, आवश्यकता र स्थितिबारे तथ्य संकलन गरिएको थियो।

प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिकामाझ पनि निजी कार्यक्रममा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिनेहरू विकासको लयबाहिर हुने अधिक जोखिम रहेको तथ्यलाई सर्वेक्षणले उजागर गरेको छ।

‘हेरचाहकर्ताहरूले किताब पढ्ने, कथा सुनाउने, गीत गाउने, वस्तुहरूको नाम भन्ने, गन्ने वा चित्र कोर्ने अर्थात् बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलाप गर्दा बालबालिकाको विकास र सिकाइका लागि महत्वपूर्ण रहेको पाइयो,’ सर्वेक्षण प्रतिवेदनमा उल्लेख रहेको आजको नागरिक दैनिकमा खवर छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement