Advertisement
विज्ञापन

प्रचण्डकोे विकल्पमा बहस जरुरी छैनः देव गुरुङ



Advertisement
विज्ञापन

काठमाडौं, ८ पुस । नेकपा माओवादी केन्द्र का नेता देवप्रसाद गुरुङले पार्टीमा प्रचण्डको नेतृत्वको विकल्पमा बहस जरुरी नभएको बताएका छन् ।नेपाली रेडियो नेटवर्क एनआरएन को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “अहिले माओवादी पार्टीको नेतृत्वमा कुनै संकट छैन ।

१० वर्षे जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व प्रचण्डले गर्नुभएको हो । तीनचार दशकदेखि पार्टीको मात्र नभएर मुलुककै वैचारिक नेतृत्व गर्ने व्यक्ति पाउनु हाम्रा लागि गौरवको विषय हो । पार्टीको नेतृत्व बनिबनाउ विषय होइन । यो व्यक्तिगत महत्त्वाकांक्षाका कारण अस्वस्थ प्रतिस्पर्धा गर्ने कुरा पनि होइन । अहिलेको स्थितिमा नेतृत्वको बहस नै जरुरी छैन ।”


Advertisement
Advertisement
Advertisement

उनले माओवादी पार्टीमा नेतृत्वका लागि हजारौं, लाखौं पंक्ति तयार भएको दाबी पनि गरे । उनले थपे, “अहिले नै कसैले फलानो ढिस्कानो नेतृत्व तोक्ने कुरा होइन । व्यक्ति को हुन्छ र को हुन्न भन्नेमा हामी जाँदैनौं । कमिटी प्रणाली अनुसार सबै खाले जिम्मेवारी प्राप्त हुन्छ ।”

माओवादी केन्द्रका नेता गुरुङले विचार र नेतृत्वको तारतम्य मिल्न नसकेकाले मुलुकले गति लिन नसकेको पनि बताए । उनले भने, “माओवादीको विचारले संविधान निर्माणलागायत विभिन्न परिवर्तन भए तर पार्टीले राज्यको नेतृत्व गर्न पाएन । मान्छेका सीमा पनि होलान् । तर माओवादी नेतृत्वमा वैचारिक विचलन आएको छैन । मूलभूत प्रश्नमा ठीकै ढंगले गएको छ ।”

प्रदेश सम्मेलनले एमसीसीबारे छलफल चलाउँदा यथास्थितिमा अनुमोदन गर्नु हुँदैन भन्ने सर्वसम्मत रुपमा अभिमत आएकाले राष्ट्रिय सम्मेलनमा अन्यथा होला भन्ने नलागेको पनि उनले बताए । उनले थपे, “यो व्यक्तिभन्दा पनि विचारको प्रश्न हो । एमसीसी सैन्य रणनीतिसँग जोडिएको छ । शीर्षक आर्थिक परियोजना राखिए पनि अन्तर्वस्तु इन्डिया प्यासिफिक स्ट्राटेजीको सैन्य रणनीति घुसाउन खोजेकाले कि संविधान नै संशोधन गर्नुपर्यो ।

नत्र एमसीसी पास गर्न मिल्दैन । पास नै गर्ने हो भने युएस, डीफआईडी मोडलमा जान सकिन्छ ।”अध्यक्ष प्रचण्डले सार्वजनिक रुपमा राष्ट्रिय सम्मेलनपछि एमसीसी पास गर्ने नभनेको पनि उनले दाबी गरे । उनले भने, “प्रचण्डले त्यसो भन्नुभएको मलाई विश्वास छैन । बरु राष्ट्रिय सम्मेलनको चापाचाप भएकाले पछि छलफल गरौं भन्नुभएको होला । यथास्थितिमा एमसीसी पास हुनै सक्दैन ।”

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad