कांग्रेसको मतगणना आज सकिँदै

काठमाडौं, पुस ८ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यहरूको सम्पूर्ण मतगणना आज सकिदै छ। १३ पदाधिकारीसहित १ सय ३२ पदका लागि मंसिर २७ गते निर्वाचन भएको थियो ।

सभापतिका लागि ५० प्रतिशतभन्दा बढी मत नआएपछि भोलिपल्ट पुनः मतदान भएको थियो । दोस्रो चरणको निर्वाचनलगत्तै मत गणना गरी नतिजा सार्वजनिक भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र केन्द्रीय सदस्यहरूको क्रमशः मतगणना शुरु गरिएको थियो ।

मतगणना गर्न बाँकी केन्द्रीय सदस्यतर्फ खसरआर्य, आदिवासीरजनजाति र दलिततर्फको मतगणना अन्तिम चरणमा पुगिसकेकाले आज मतगणना कार्य सम्पन्न हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै