झापामा सडक दुर्घटना, एक किशोरको मृत्यु

झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाँउपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी अनुसार गएराति बा ३ ख ८६२७ नं को सवारी साधनबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पु¥याइएको र उपचारको क्रममा राति नै मृत्यु भएको थियो ।

प्रहरीले सवारी चालक धनकुटा नगरपालिका– १० का २७ वर्षीय प्रेम कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै