Advertisement
विज्ञापन

सन नेपाल लाईफ गुल्मीद्वारा मृत्यु दावि रकम भुक्तानी



Advertisement
विज्ञापन

मधुसुधन पाण्डे गुल्मी
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गुल्मी शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वार्ड नं।३ निवासी धन बहादुर झाँक्रीको परिवारलाई १० लाख रुपैयाँ विमांक र किरिया खर्च तथा अन्य खर्च वापत १ लाख रुपैयाँ गरी जम्मा ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

स्व.झाक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत रहेको र निजको नेपाल आएको समयमा कारडियो – प्लुमनरी अरेस्टबाट मृत्यु भएको थियो । कम्पनीले उक्त रकम बरावरको चेक विमित स्व। धन बहादुर झाँक्रीको श्रीमती कविता राना झाँक्रीलाई एक कार्यक्रमका विच हस्तान्तरण गरेको हो ।


Advertisement
Advertisement
Advertisement

रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसाल विभिन्न वार्डका वडाध्यक्ष, सन नेपाल लाईफका अभिकर्ताहरु, रेसुङ्गा नगरपालिका स्थानिय र कम्पनीका कर्मचारीहरुको उपस्थितमा उक्त चेक हस्तान्तरण गरिएको थियो ।

प्रमुख डिल्लीराज भुसालले सहज तरिकाले विमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाईफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताएका छन् ।

देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५र२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु नपर्ने स्थिति सिर्जना हुने कुरा गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले बताएका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad