शेयर बजार झन्डै ५७ अङ्कले बढ्यो, कारोबार रकम भने साढे २ अर्ब पनि पुगेन

काठमाण्डौ – लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार भने बढेको छ । नेप्से आज ५६ दशमलव ७३ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव ५५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेकोमा बीमा, विकास बैंक, उत्पादन, व्यापार र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले बढेको छ । दुई सय २६ वटा कम्पनीको शेयर कारोबार भएकोमा १२ वटाको मात्रै घटेको छ ।

आज ४९ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ३८ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरी कम्पनीको १४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज ग्रिन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेको छ । यस्तै जानकी फाइनान्स र रसुवागढी हाइड्रोको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि गोर्खाज फाइनान्सको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै