काठमाडौंको तापक्रम यो वर्षकै कम,आज ३-२ डिग्री सेल्सियस मापन

काठमाडौं, पुस ६ । मंगलबार बिहान काठमाडौंको उपत्यकाको न्यूनतम तापक्रम ३।२ डिग्री सेल्सियस मापन गरिएको छ। अघिल्लो सातादेखि देशभरको तापक्रम निरन्तर घट्दै गएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव सुरू भएसंगै देशभरको तापक्रम घट्दो क्रममा रहेको छ । न्यून चापीय प्रणालीकै असर असरका कारण उच्च हिमाली भेगसंगै माथिल्लो पहाडी भू(भागमा हल्का हिमपात र तराईका केहि भू–भागमा हुस्सु लाग्ने सम्भावनासमेत देखिएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ।देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

त्यस्तै, रातीसम्म प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ। प्रदेश १ ,बाग्मती प्रदेश तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक(दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै