राजधानीमा एकैदिन दुई स्थानमा आगलागी, ६ करोडको क्षति

काठमाडौं, पुस ६। काठमाडौंमा एकैदिन दुई स्थानमा आगलागी हुँदा झन्डै ६ करोडको क्षति भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित मूलपानी र नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा आगलागी हुँदा झन्डै ६ करोडको क्षति भएको हो ।

युवराज केसीको मूलपानीे पीपलबोटस्थित रंग पसलमा सोमबार बिहान आगलागी भएको थियो । आगलागी हुँदा ४ करोडभन्दा बढीको रंग जलेर नष्ट भएको छ ।

सोमबार नै दिउँसो करिब ३ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जिम सेन्टरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार आगलागीमा २ करोड रुपियाँभन्दा बढीको क्षति भएको छ ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएकै कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । नेपाल समाचारपत्र दैनिकबाट

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै