गुल्मीमा जिप दुर्घटना

मंसिर २९ गुल्मी।

गुल्मीमा बुधबार बोलेरो जिप दुर्घटना भएको छ । तम्घासबाट छिमेकी जिल्ला अर्घाखाँची जाँदै गरेको लु१ज ४३१० नम्बरको जिप जिल्लाको रेसुङ्गा नगरपालिका ७ कमेरेपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी तथा सुचना अधिकारी पुरुषत्तम पाण्डेले बताए ।
जिप सडक देखी ५० मिटर तल खसेको र जिपमा समान्य क्षेती पुगेको छ । जिपमा सवार २५ वर्षीय लक्ष्मण विक र २१ वर्षीय निशान बस्नेत समान्य घाईते भएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीको टोली खटिएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै