Advertisement
विज्ञापन

सिंह र निधिलाई गगनको झटारो स् परिवर्तन, परिवर्तन भन्नेहरु आज उसैको कुममा कुम मिलाएर बसिरहेको देख्छौं



Advertisement
विज्ञापन

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेद्धवार गगनकुमार थापाले प्रकाशमान सिंह र विमलेन्द्र निधिबारे कडा टिप्पणी गरेका छन् । उनले हिजो नेतृत्व परिवर्तन भन्नेहरु जसको नेतृत्व परिवर्तन गर्छु भने आज उसैसँग कुममा कुम जोडेर बसेको टिप्पणी गरेका छन् ।

महाधिवेशनस्थलमा मिडिाकर्मीहरुसँग बोल्दै थापाले भने–‘कसैकोबारे कुनै टिप्पणी गर्नुछैन् । तर म यतिमात्रै भन्न चाहन्छु महाधिवेशन प्रतिनिधि साथीहरु, कुनै नेताको आदेश पालक होईन भन्ने बेला आएको छ। नेताहरुले जुन ठेक्का लिनुहुन्छ, त्यो ठेकेदारी प्रथालाई तोड्ने बेला आएको छ ।


Advertisement
Advertisement

यत्रो महिना र वर्षसम्म म यो अधिवेशनमा जसरी हुन्छ, पार्टीको नेतृत्व परिवर्तन गरि छाड्छु भनेर साथीहरुलाई पछि लगाउनुभएको छ, आज पहिलो चरणको परिणाम आउनेबित्तिकै आफूले सहयोग गरिदिँदा नेतृत्व बदलिने अवसर आउँदापनि त्यो परिवर्तन गर्ने कुरालाई रोक्नको लागि नेतृत्व बललिएला है भनेर डराएर आज बसेको अवस्था छ, यो अवस्था चिर्नको लागि पार्टीका विवेकशील साथीहरुले बुझ्नु्हुन्छ भन्ने कुरा मैले अपेक्षा गरेको छु ।’

 

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement