Advertisement
विज्ञापन

प्रवासबाट स्वर्गीय केसीको परिवारलाई आर्थिक सहयोग



Advertisement
विज्ञापन

थम्मन थापा,मंसिर २८ बागलुङ,नालिबेली न्युज डट कम ।
पछिल्लो समय गलकोटबाट विदेशमा रहेका युवाहरुको संख्या उल्लेख्य छ । रोजगारीको सिलसिलामा जापान, अमेरिका, युरोप, अष्ट्रेलिया सँगै अन्य खाडी मुलुकमा उनीहरुले परिश्रम गरेर आर्थिक सम्वृद्विमा जोडिएका छन ।
उनीहरुले आफनो जन्मथलोमा दुखमा सुखमा आर्थिक सहयोग गर्दै आईरहेका छन । गाउँमा हुने विभिन्न कार्यक्रम, मेला, महोत्सव देखि मर्दा पर्दा विदेशबाट आफनो कमाईको केहि हिस्सा सामाजिक क्षेत्रमा सहयोग गरेर उदाहरणिय कार्य गर्दै आएका छन ।

जापानमा कर्मथलो बनाएका गलकोट नगरपालिका ७ मल्म सिरबारेका युवा समाजसेवी प्रकाश केसीले आगाँखेतकी वसुन्धरा केसी विरामी परेको खबर पाए । जापानमा रहेका उनले आर्थिक अवस्था कमजोर भएको केसी परिवारलाई उपचारमा सहयोग होस भन्दै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जर मार्फत आर्थिक सहयोग संकलन अभियान गरे ।


Advertisement
Advertisement
Advertisement

जापानमा रहेका मल्मबासी सँगै गलकोटे नागरिकले आफुसक्दो आर्थिक सहयोग गरे । बसुन्धरा केसीको लिभर र किडनी र टाउकोमा जटिल समस्या भएपछि उनका छोरा लछु केसीले उपचारको लागि आमालाई मंसिर ११ गते पोखरा स्थित फेवा सिटी हस्पिटल पुर्याएका थिए । हस्पिटलले आमाको स्वास्थ्य अवस्था जटिल रहेको र थप उपचारको लागि भन्दै मणिपाल अस्पताल रिफर गरेको थियो । उनको गत मंसिर १४ गते उपचारको क्रममा निधन भयो । विरामी केसीको जीवन रक्षा गर्न सकिन्छ कि भन्ने उद्येश्यले जापानमा आर्थिक संकलन जारी नै थियो ।

विदेशमा संकलित रकम गलकोट समाज पोखराको समन्वयमा हस्तान्तरण गरिएको थियो । पोखरामै उपचारकै सिलसिलामा केसीका छोरा लछु केसीलाई समाजको तर्फबाट नगद रु २५ हजार सहित संस्थाका पदाधिकारीहरुले अस्पतालमा पुगेर ९६ हजार सहयोग गरेका थिए । बाँकी रकम १३ औं दिनको पुण्य तिथीमा केसी निवास मल्म आगाँखेतमा परिवारलाई हस्तान्तरण गरिएको गलकोट समाज पोखराका अध्यक्ष खडक बहादुर थापाले बताए ।

नगद रु ३ लाख ४५ हजार १ सय ४० गलकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापा र गलकोट समाज पोखराका सदस्य हिरा बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै वडा अध्यक्ष थापाले विदेशमा रहेका गलकोटबासी नागरिकले सामाजिक सेवामा पुर्याएको योगदानको प्रशंसा गरेका छन । यस्ता परोपकारी कामले गलकोटबासी नागरिकबिच आपत विपतमा एकताको सन्देश दिएको समेत उनले उल्लेख गरे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad