Advertisement
विज्ञापन

साना किसान खांचिकोटको दादागिरी ऋण पनि आफन्त र पार्टी हेरेर



Advertisement
विज्ञापन

अर्घाखाँची ।अर्घाखाँचीको फुद्वाङ्गमा रहेको साना किसान कृषि सहकारी संस्था लि।बाहिर देख्दा बिकसित र ब्यबस्थित देखिए पनि आन्तरिक रुपमा प्रक्रिया पुर्याएर बेथितिमा रुमलिएको सरोकारवालाहरुले गुनासो गरेका छन ।

साबिक खांचिकोटका सम्पुर्ण स्थान र सन्धिखर्क नगरपालिका भर कार्य क्षेत्र रहेको यस कृषी सहकारी सस्थांले हालै मंसिर१२ देखि २२ गते सम्म टोल टोलमा गएर अन्तरसमुह स्तरमा साधारण सभा तथा छैठौ अधिवेशन गरेको छ । उक्त कार्यक्रममा नया अन्तरसमुह गठन संगै प्रत्येक अन्तरसमुह बाट एक जना संचालक समिती सदस्य र लेखा समिती सदस्य निर्वाचित गरेको थियो ।


Advertisement
Advertisement
Advertisement

यसरी निर्वाचित सदस्य हरु र अथितिहरुको बिचमा पुस ७ गते अन्तिम कार्यक्रम गरिने पनि सानाकिसानले जनाएको छ।गत मंसिर २२ गते ज्ञवालिटोलामा सम्पन्न गरिएको अन्तरसमुहस्तरको साधारणसभामा पनि तेस्तै दृश्य देखियो । अन्तरसमुह न ।६ को तर्फ बाट संचालक समितिमा जाने सदस्यका आकांक्षी धेरै देखिए पछि सहमतिका नाममा राजनितीकरण भएको आरोप लागेको छ ।

सदस्य चयनको क्रममा एउटा समुहले सानाकिसानको समितिमा एमालेकरण भएको आरोप लगाउदै संचालक समिति सदस्य कि उमेदवार आरता टन्डन केसिको समुहले बहिस्कार गरेर हिडेको छ । तर उक्त समुहले बहिस्कार गरेपनी बाकी रहेकाले बहुमतको आधारमा सन्चालक समिती सदस्यमा नेत्र के । सि । र लेखा समितिमा खिमानन्द आचार्यलाई चयन गरेको छ ।

आफू र आफ्नो समूह असन्तुष्ट भै बहिस्कारमा उत्रिएपनि बहुमतको प्रक्रियाका नाममा गलत कार्य गरेको आरोप संचालक समिती सदस्य उमेदवार आरता टण्डनले लगाएकी छिन् ।साना किसानको बर्तमान समितिले एमालेको बहुमत पुर्याउन तथा राजनितिक रुपमा आफ्ना मान्छेहरु स्थापित गर्ने हेतुले साबिकको चार नम्बर वार्डका समुहरुलाई फुटालेर ६ नम्बरमा मिसाएको आरोप पनि टण्डनले लगाएकी छिन् ।

साधारणसभाका क्रममा पनि सहभागिहरुले कुनै प्रश्न तथा जिज्ञासा नराख्नु बेथिती गर्नेहरुलाई थप हौसला पुगेको उनले प्रष्ट पारिन् ।

सभामा प्रस्तुत प्रतिवेदनका आधारमा हेर्दा सहकारिले आयमुलक क्षेत्र भन्दा पनि पँहुचका क्षेत्रमा लगानी गरेको देखिएको छ । खासै प्रगती नगरेको मह उधोगमा शेयर लगानी गर्नु , किसानलाई सहज र सहुलियतका लागि किनिएको बोलेरो जिप ब्यक्तिलाई ठेक्कामा लगाउनु जस्ता कार्यहरुले संस्थालाई तथ्यांक अनुसार लाभ देखाएता पनि ग्रामिण स्तरका किसानहरुले महसुस नगरेको बताएका छन् ।

यता सहकारिले सस्तो ब्याजमा दिने ऋण पनि आफन्त र पार्टी हेरेर लगानि गर्ने गरेको गुनासो आएको छ।भने ब्याजमा लिने जरिवानामा पनि एकरुपता नभएको आरोप लागेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad