
दीपेन्द्र सुनार ., मंसिर २४ प्युठान ।
प्युठान जिल्लाको झिमरुक गाउँपालिकाले लैङ्गिक हिंसा सम्वन्धी १६ दिने अभियान कार्यक्रम सम्पन्न गरेको छ।
“घरैबाट सुरु गरौ , महिला हिंसा अन्त्य गरौ ” भन्ने मुल नाराका साथ यहि मंसिर ९ गतेबाट सुरु गरिएको १६ दिने अभियान कार्यक्रम आज विविध कार्यक्रम गरि सकिएको झिमरुक गाउँपालिकाले जनाएको छ।
समाजमा लैङ्गिक हिंसाका कारण महिला बलाकृत हत्या समाजी विभेद , हस्तक्षेप लगायतका हिंसाले जरो गाडदै र दैनिक घटना घट्दै गएको र त्यसको न्यूनीकरण को लागि यो कार्यक्रम गाउँपालिका भित्र संन्चालन गरिएको झिमरुक गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रम प्रमुख तिलक बहादुर जि.सि.ले बताए।
साथै समुन्नत समाज निर्माणका लागि महिला , पुरुष एउटै पाटा भएकाले विभेद को अन्त्य गरि आउदो दिनहरुमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न सबैलाई गाउँपालिकाका अध्यक्ष जि. सि. ले अनुरोध समेत गरेका छ्न।
लैङ्गिक हिंसाकै कारण बालविवाह , बहुविवाह जस्ता समाजमा हुने सामाजिक अपराधका क्रियाकलाप बढ्दै गएकाले यसको न्यूनीकरण स्वयम् आफै ब्याक्तीबाट सुरुवात गर्नुपर्ने गाउँपालिकाकी उपाअध्यक्ष तथा कार्यक्रम संयोजक पबित्रा जि.सि.ले बताइकी छिन।
साथै जि.सि. ले हिंसा गर्ने र गराउने जो कोहिलाइ पिडितले सम्बन्धित निकायमा पहल गरि कानुनी दायरामा ल्याउन सहयोग गरिदिन समेत आग्रह गरेकी छिन।
साथै कार्यक्रम को आज अन्तिम दिन लैङ्गिक हिंसा सम्बन्धि जनचेतना जगाउने लोकगित प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
जस अन्तर्गत रानीवन कृषि समूह झिमरुक ८ प्रथम
भुमेकास्थान स्वास्थ आमा समूह झिमरुक ४दोर्स्रो
पिपलबोट आमा समूह झिमरुक ६ तेर्स्रो र शिधेश्वरी बचत समूह ले पुरस्कार जित्न सफल भएका छन।प्रथम हुने रानीवन कृषि समुहले नगद रु ६००० हजार र प्रमाण पत्र दोर्स्रो हुने भुमिकास्थान स्वास्थ आमा समुहले नगद रु ५००० हजार र प्रमाण पत्रतेर्स्रो हुने पिपलबोट आमा समुहले नगद रु ४००० हजार र प्रमाणपत्र र चौथो हुने शिध्वेश्वरी बचत समुहले नगद रु ३००० हजार र प्रमाण पत्र प्राप्त गरेका छ्न।
कार्यक्रममा झिमरुक गाउँपालिकाकी उपाध्यक्ष पबित्रा जि.सि. को अध्यक्षता झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जि.सि. को प्रमुख आतिथ्यता , झिमरुक गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत शुभाष रिजाल को बिशिस्ट आतिथ्यता साथै गाउँपालिका भित्रका ८ वटै वार्ड का वडा अध्यक्ष र शुरक्षाकर्मि हरुको समेर उपस्थित रहेको थियो।
कार्यक्रम मा टीका जि.सि. ले स्वागत मन्तब्य राखेका थिए। भने कार्यक्रम को संन्चालन पुष्प रानाले गरेका थिए।
.