लेखनाथ पोख्रेलको केन्द्रिय सदस्यमा उम्मेद्वारी

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । महाधिवेशन प्रतिनिधी तथा छत्रदेव गाउँपालिका अध्यक्ष लेखनाथ पोख्रेलले केन्द्रिय सदस्यमा उम्मेद्वारी दिने भएका छन् ।

पोख्रेलले लुम्बिनी प्रदेशबाट केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने बताएका छन् ।१३औं महाधिवेशनमा समेत केन्द्रिय महाधिवेशन प्रतिनिधी रहेका पोख्रेल यसपाली प्रदेश कोटाबाट केन्द्रिय सदस्यमा लड्ने भएका हुन् ।

छत्रदेव गाउँपालिकालाई देशकै नमुना गाउँपालिकाको रुपमा परिचित गराउन सफल पोख्रेलले पार्टीलाई पनी शसक्त बनाउन केन्द्रिय नेतृत्वमा जाने निधो गरेको बताए ।

‘मुल नेतृत्वमा परिवर्तन नआउँदा सम्म सबै सुध्रन असम्भव रैछ, उनले भने,‘केन्द्रमा गएर नेतृत्वलाई झकझकाउने काम गर्छु ।’

प्रत्येक प्रदेशबाट १ महिला सहित ३ जना केन्द्रिय सदस्यमा पठाउनु पर्ने व्यवस्था छ । लुम्बिनी प्रदेशबाट पोख्रेलले दावी गरेका हुन् ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै