Advertisement
विज्ञापन

बागलुङको दुर्गम गाउँ रणसिंहकिटेनीमा फोरजी सेवा



Advertisement
विज्ञापन

थम्मन थापा ,मंसिर २१,बागलुङ ।

मोवाईलमा कुराकानी गर्न त यस क्षेत्रका नागरिकले १० वर्ष पहिले देखि नै सुविधा पाएका छन तर विकसित प्रविधीको पहुँच नहुँदा ईन्टरनेट चलाउन भनें पाएका थिएनन जसले गर्दा उनीहरुले समस्या झेल्दै आईरहेका थिए । टेलिकमले विकट तथा दुरदराजमा फोर जी सेवालाई तिव्र रुपले विस्तार गरिरहेकोले अहिले भनें स्थानियलाई सहज भएको छ ।


Advertisement
Advertisement
Advertisement

सदरमुकाम बागलुङ बजार देखि झण्डै २८ कोष पश्चिममा अवस्थित विकट गाउँ रणसिंहकिटेनीमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।बडिगाड गाउँपालिका वडा नं ४ जलजला र वडा नं ८ रणसिंहकिटेनीको सिमानामा अवस्थित बेतथलाको धुरीमा २५ मिटर अग्लो स्थायी टावर निर्माण गरि टेलिकमले सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ ईन्जिनियर केशव शर्माले जानकारी दिए

टेलिमकले उक्त स्थानमा २०६७ जेठ देखि पहिलो पटक टुजी सेवा शुभारम्भ गरेको थियो । २०६८ मा थ्रिजी सेवा थप गरेको टेलिकमले सेवाग्राहीलाई उच्च गतिको ईन्टरनेट डाटा सर्भिस र गुणस्तरिय भ्वाईस सेवा प्रदान गर्न सोमबार देखि चौंथो पुस्ताको मोवाईल सेवा प्रदान गरेको कार्यालय प्रमुख शर्माले बताए ।

ग्रामीण तथा विकट गाउँका नागरिकलाई सहज रुपमा सञ्चार सेवाको पहुँचमा जोडन उच्च गतिको ईन्टरनेट डाटा सर्भिस फोर जी र गुणस्तरिय भ्वाईस सेवा भोल्टी सञ्चालनमा ल्याईएको उनले बताए । यस भन्दा पहिले उक्त स्थानमा १८ मिटरको पोल टावरबाट टेलिकमले टुजी र थ्रिजी सेवा प्रदान गर्दै आएको थियो ।

अहिले २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर चौंथो पुस्ताको फोर जी सेवा शुभारम्भ भएपछि ग्रामिण क्षेत्रमा ईन्टरनेट चलाउन र उच्च गुणस्तरको आवाजमा फोन कल गर्न सुविधा भएको टेलिकमले जनाएको छ ।

बेतथला धुरी समुद्री सतहदेखि २५ सय मिटरको उचाईमा अवस्थित छ । टेलिकमको फोर जी सेवा शुभारम्भ भएपछि बडिगाड गाउँपालिकाको वडा नं ४ जलजला, वडा नं ७ भिमगिठे र वडा नं ८ रणसिंहकिटेनी सँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाका अधिकांश भुभागका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा नं ८ का वडा अध्यक्ष यम बहादुर श्रीस थापाले बताए ।

 

गाउँमा ईन्टरनेट सुविधा नहुँदा साह्रै समस्या झेल्नुपरेको थियो टेलिकमले फोर जी सञ्चालनमा ल्याएपछि सजिलो भएको छ वडा अध्यक्ष श्रीसले भन्नुभयो । अहिले स्वास्थ्य चौकी, किटेनी माध्यमिक विद्यालय र वडा कार्यालयमा प्राईभेट ईन्टरनेट सेवा त छ तर आउने जाने गर्छ भरपर्दो छैन जसले गर्दा अनलाईनबाट गर्नुपर्ने काम दिनहुँ प्रभावित हुने गरेको उनको भनाई छ ।

पहिले नेटवर्क सिग्नल खोज्न डाँडा तिर धाउनु पर्ने बाध्यता थियो । अहिले गाउँघरमै बसेर उच्च गतिको ईन्टरनेट र गुणस्तरिय भ्वाईस कल सहितको टेलिकमको फोर जी सुविधा पाउँदा आफुहरु खुसी भएको स्थानिय राजेन्द्र श्रीसले बताए ।

त्यस क्षेत्रमा फोर जी सेवा सञ्चालनमा आए सँगै नमस्ते मोवाईल प्रयोगकर्ताले तीव्र गतिको मोवाईल ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन । सेवा विस्तार सँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित रहेको जनाएको छ ।

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad