Advertisement
विज्ञापन

छैठौं राष्ट्रिय तेक्वान्दो विजेता खेलाडीलाई सम्मान



Advertisement
विज्ञापन

रुपन्देही ।रुपन्देहीको कन्चन गाउँपालिका ३ हरैया स्थित गाउँ कार्यपालिकाको सभाहलमा छैठौं राष्ट्रिय सिएच आईटीएफ तेक्वान्दो प्रतियोगिताबाट विजय हासिल गर्ने खेलाडीहरुलाई सनिवार सम्मान तथा पेटी परिक्षा कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय प्रतियोगिता गत कार्तिक २६ र २७ गते बागलुङको बुर्तिबाङमा सम्पन्न भएको थियो। कार्यक्रममा रुपन्देही जिल्लाका ४ डोजाङबाट १०५ खेलाडीले सहभागी जनाएका थिए। कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउँपालिकाका प्रमुख गोकर्ण बहादुर क्षत्री,विशिस्ट अतिथिमा नेपाल चान हुन


Advertisement
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका केन्द्रिय उपाध्यक्ष नितेन कुमार रौनियार,अखिल नेपाल खेलकुद महासंघ रुपन्देहीका संयोजक राजकुमार पाण्डे र एभरग्रीन इङ्लिस स्कुलका प्रीन्सिपल मोहन सुनार हुनुहुन्थ्यो भन्य अन्य अतिथिहरु रुपन्देही तेक्वान्दो संघका सदस्य आशिष् बराल,ब्याड्मिन्टन समिति कन्चनका उपाध्यक्ष शिव क्षत्री,सामुदायिक रेडियो कन्चनका स्टेशन म्यानेजर गोविन्द आचार्य,हरैया स्ववियु निवर्तमान सभापति प्रकाश पौडेल र हरैया माविका शिक्षिका लिला थापा मगर आदिको उपस्थिति रहेको थियो।

कार्यक्रम विजेताहरुलाई हौसला र प्रेरणा स्वरुप, आगामी खेलकुदीय क्रियाकलापमा सहभागी भै नेपालको नाम विश्व सामु चिनाउन तत्पर होउन भन्ने हेतुले आयोजना गरिएको हो। “पेटि परीक्षा भने प्रत्येक ३र३ महिनामा पेटि पदोन्नतिका लागि लिइने गरिन्छ सोहि अनुरुप गरिएको हो।” एभरग्रीन डोजाङका प्रशिक्षक कर्ण प्रतेलले भन्नुभयो।

कार्यक्रमको सभाध्यक्ष एभरग्रीन सिएच आइटिएफ तेक्वान्दो डोजाङका प्रशिक्षक कर्ण प्रतेल रहेको कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश क्षत्रीले गरेको रहेको थियो भने स्वागत मन्तव्य रुपन्देही सिएच आईटीएफ तेक्वान्दो संघका कार्यवाहक सचिव हिरा बहादुर सावतको रहेको थियो। कार्यक्रमको समुद्घाटन प्रमुख अतिथिबाट दीप प्रज्वलन गरेर गरिएको थियो।कन्चन गाउपालिकामा खेलकुदलाई अगाडी बढाउन र युवा,शिक्षा तथा खेलकुद निकायबाट यस्को बिकासमा तत्पर रहने प्रमुख अतिथिले बताउनु भयो।

कार्यक्रमको पहिलो चरणमा पेटि परीक्षा गरिएको थियो। पेटि परिक्षामा रुपन्देहीका ४ डोजाङबाट खेलाडी सहभागी थिए। एभरग्रीन सिएच आइटिएफ तेक्वान्दो डोजाङबाट ३८ जना,न्यु पाइन वुड सिएच आइटिएफ तेक्वान्दो डोजाङबाट २० जना,मुनाल सिएच आइटिएफ तेक्वान्दो डोजाङबाट २५ जना,कान्ति सिएच आइटिएफ तेक्वान्दोबाट २०जना गरेर १०५ जना खेलाडीको सहभागिता थियो।


दोस्रो चरणमा राष्ट्रिय प्रतियोगिताबाट विजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो। प्रतियोगिताबाट गोल्ड , ब्राउन्ज र सिल्भर विजेता खेलाडीहरुलाई सम्मान गरिएको हो। साथै प्रतियोगिताबाट रुपन्देही जिल्लाले वेस्ट अनुशासित टिमको उपाधी समेत हात पार्न सफल भएको थियो। प्रशिक्षक प्रतेलले यस्ले आफुहरुलाई झनै बढी हौसला दिएको बताउनु हुन्छ।सो कार्यक्रममा विभिन्न डोजाङका खेलाडीहरुबाट सामुहिक नृत्य,डेमोन्स्ट्रेसन,पावर ब्रेकिङ आदि प्रदर्शन गरिएको थियो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad