Advertisement
विज्ञापन

स्यालकै कारण बस दुर्घटना,६ को मृत्यु, २८ घाइते



Advertisement
विज्ञापन

जाजरकोट — बाटो काट्दै गरेको स्याल जोगाउन खोज्दा भएको बस दुर्घटनामा जाजरकोटमा ६ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । नेपालगन्जदेखि रुकुम पश्चिमको राडीबजार आउँदै गरेको ना६ख २७५७ नम्बरको रात्रिबस कुदु बराहचौर नजिक आइतबार बिहान २ बजे दुर्घटना भएको हो ।


घटनामा मृत्यु हुनेमा जाजरकोटको कुशे–९ की १८ वर्षीया अनिला नेपाली, नलगाड–३ का २६ वर्षीय शेरबहादुर परियार, रुकुम पश्चिमको आठबीसकोटकी ४ वर्षीया दिव्या शाही, २४ वर्षीया सन्ध्या मल्ल शाही र जाजरकोटको सक्लास्थित दीपेन्द्र आधारभूत विद्यालयका शिक्षक सप्तरीको राजविराज–१ का ४० वर्षीय गंगाराम यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


Advertisement
Advertisement
Advertisement

कुशे–९ का ३५ वर्षीय वीरबहादुर नेपालीको नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको डीएसपी मधुकुमार थापाले बताए ।


उनका अनुसार बाटो काट्न खोजेको स्याललाई जोगाउन खोज्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

बस सडकबाट डेढ सय मिटर तल खसेको थियो । घटनापछि चालक चित्रबहादुर देनारलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । चालक निदाएकाले दुर्घटना भएको हुन सक्ने पनि प्रहरीले आशंका गरेको छ ।



Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad