Advertisement
विज्ञापन

अर्घाखाँचीमा विद्यालय शिक्षकहरु एमाले महाधिवेशनमा ,कयौ स्कुल बन्द



Advertisement
विज्ञापन

सन्धिखर्क, अर्घाखाँची। अर्घाखाँची जिल्लाका सबै सामुदायिक विद्यालयबाट चितवनमा जारी एमालेको दशौँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि पढाई प्रभावित भएको छ ।जिल्ला सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका र छत्रदेव गाउँपालिकामा रहेका सबै सामुदायिक विद्यालयबाट चितवनमा जारी एमालेको दशौँ महाधिवेशनका लागि शिक्षकहरू गएपछि पढाई प्रभावित भएको हो ।


Advertisement
Advertisement
Advertisement

मालारानी, सन्धिखर्क, भूमिकास्थान, पाणिनी र छत्रदेवका कयौ विधालयहरु शुक्रवार बन्द भएको बताइएको छ ।अधिकांश शिक्षक एमालेको महाधिवेशनमा गएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । विद्यालय बन्द गरी राजनीतिक कार्यक्रममा जानु गलत भएको अर्घाका स्थानिय अभिवावक बिष्णु भुसालको भनाई छ । उनी भन्छन् शिक्षकहरू खुलेर राजनीतिमा लाग्दा शिक्षा क्षेत्रसमेत बदनाम तथा प्रभावित भएको छ ।

जिल्लाका कयौ शिक्षकहरू विद्यालय बिदा गर्ने जानकारीसमेत नगराई महाधिवेशनमा गएका थिए । यस्तै सन्धिखर्कका कयौ सरकारी कर्मचारी लगायत नगरपालिका र गाउँपालिका कार्यालयका अधिकांश कर्मचारी पार्टीको महाधिवेशनमा गएपछि कार्यालयको कामकाजसमेत प्रभावित भएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad