लागु औषध बोकेको २ ट्रक ४ जना सहित पर्सा प्रहरीद्वारा बरामद

कृष्णा यादव वीरगंज ।

प्रहरीले लागू औषध सहित ४ जनालाई नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यलय पर्साले विशेष सुचनाको आधारमा वीरगंज महानगरपालिका वडा नम्वर २५ बहुअरी सडक खणडमा खटिएको प्रहरी टोलीले ड्राईपोर्टवाट परवानीपुरतर्फ जादै गरेको बा ३ ख ८८०८ नम्बर प्लेट भएको ट्रकलाई रोकी रितपुर्बक चेक जाँच गर्दा ऊक्त ट्रकको सिटमुनीको बोरा भित्र लुकाई छुपाई लागु औषध कोरेक्स २३३ बोतल सहित २ जनालाई नियन्त्रणमा लिएको छ।

त्यसै गरि सोही ठाऊमा ना ५ ख ६८७७ नम्बरको ट्रकलाई रोकी चेक चाँज गर्दा लागु औषध कोरेक्स ५४ बोतल गरी जम्मा गरि २७७ बोतल सहित ४ जनालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गपा वडा नम्बर ७ बस्ने बर्ष ३७ को अनुप बर्तोला , सो वडा को बर्ष ४५ को राजु बस्नेत, सो जिल्ला हटौडा उमनपा वडा नम्बर ६ बर्ष ३१ को प्रमोद श्रेष्ठ , त्यसैगरी झापा जिल्ला मेची नपा वडा नम्बर ७ का बर्ष ५० गोपाल थापालाई नियन्त्रणमा लिई लागू औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यलय पर्साको प्रब्क्ता एवम प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै