कांग्रेस अर्घाखाँचीको जिल्ला सभापति पदमा केशव श्रेष्ठ विजयी

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको जिल्ला सभापति पदमा केशव श्रेष्ठ विजयी भएका छन् । जिल्लामा नेपाली कांग्रेसको सम्पन्न १४ औं महाधिवेशनको निर्वाचनबाट सभापति पदमा केशव श्रेष्ठ विजयी भएका हुन् ।

केशव श्रेष्ठ ७३१ मत प्राप्त गरेका छन् । भने प्रतिस्पर्धी इन्द्रमणि पाैडेल ३५२ मत लाएका छन् । साथै यादव प्रसाद घिमिरे ३०९ मत प्राप्त गरेका छन् । २७ मत बदर भएको छ ।
मंगलवार राती ८ बजे शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा १४३८ मध्ये १४२१ मत खसेको थियो ।

निवर्तमान सभापति समेत रहेका सभापतीका दावेदार बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरि केन्द्रिय महाधिवेशनमा उम्मेदारी दर्ता गरेपछि महासमिती सदस्य केशब श्रेष्ठ, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरे र महाधिवेशन प्रतिनिधी ईन्द्रमणी पौडेलले सभापतीको पदमा भिडेका थिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार