शौचालय जाने क्रममा लडेर वडाध्यक्षको मृत्यु

बुटवल — शौचालय जाने क्रममा लडेर बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ ।

उनी सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका थिए । लडेर अचेत भएका बस्याललाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पतालमा लगिएको थियो ।

अस्पतालमा पुर्‍याइसक्दा मृत्यु भएको भन्दै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
७३ वर्षीय बस्याल क्यान्सरका रोगी रहेको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए ।

 

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै

सम्बन्धित समाचार