लियो क्लव अफ बुटवल स्टार्सको चार्टरनाईट

लियो क्लव अफ बुटवल स्टार्सको चौथो चार्टरनाईट तथा बार्षिक उत्सव मनाएको छ ।बुटवलमा एक कार्यक्रमको आयोजना गरी क्ल्वले बार्षिक उत्सव मनाएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लाएन्स ईन्टरनेशनल डिष्ट्रक३२५ वि २ का भ्वाइस गर्भनर नवराज न्यौपाने ले लायन्स क्लवले गरेको काम उत्कृष्ठ रहेको भन्दै आगामी दिनमा पनि स्टार्सले अझै रचनात्मक कार्यक्रम गर्दै जानुपर्ने बताए ।

यस्तै विशिष्ठ अतिथि लाएन्स ईन्टरनेशनल डिष्ट्रक ३२५ वि २ का एजुेकेटिभ चिफ अर्जुनमान शैजुंले लायन्स एकतामा जोड दिदै हामि सेवा गर्छौै भन्ने नारालाई अझ बढि सार्थक बनाउनको लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताए ।

यस्तै कार्यक्रममा लायन्स डिष्ट्रक ३२५ वि २ का डेपुटी चिफ सन्दीप कसौधन, लियो जिल्ला परिषदका सचिव लिलामनी न्यौपाने सहित लियोका डिष्ट्रक पदाधिकारीहरु लगायतले बोलेका थिए ।

कार्यक्रममा लियो क्लव अफ बुटवल स्टार्स का अध्यक्ष विनोद कुमार जयसवालले क्लवलाई आगामी दिनमा अझै बढि रचनात्मक रुपमा अगाडी बढाउने प्रतिवद्धता जनाए । उनले विगतमा क्लवले गरेको काम उत्कृष्ट रहेको भन्दै क्लवको शाखालाई अझ बढि बलियो बनाउनको लागि आफ्नो टिम सदैध लाग्ने बताएका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष धनञ्जय वर्नावाल सहित कोभिडको समयमा स्वाथ्य सेवामा सेवारत चिकित्सक डा. प्रशान्त गुप्ता सहित स्वाथ्यकर्मीहरुलाई सम्मन गरिएको थियो । साथै क्लवले क्लवको डाईरेक्टरी विमोजन गरिएको थियो । कार्यक्रम अभिशेष वर्नवालको संयोजकत्वमा भएको थियो ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै