बाँदरले पनि शोक मनाउँछन् !

चकचके जनावरको कुरा गर्दा बाँदर नै पहिलो नम्बरमा आउँछ होला। यो जनावर जति चकचके भए पनि बुद्धिमान हुन्छ। यसले गणना पनि गर्न सक्छ। बाँदरका बारेमा जानौं केही रोचक तथ्य।
–     विश्वमा करिब २६० प्रजातिका बाँदर पाइन्छन्।
–     अष्ट्रेलिया र अन्टार्कटिकामा बाहेर संसारका हरेक ठाउँमा बाँदर पाइन्छन्।
–     अफ्रिका र एसियामा पाइने बाँदर पुराना र दक्षिण अमेरिकामा पाइनेलाई नयाँ बाँदर भनिन्छ।
–     पुराना बाँदरका ३२ वटा दाँत हुन्छन् भने नयाँका ३६ वटा।
–     प्रजातिअनुसार बाँदर १० देखि ५० वर्षसम्म बाँच्नसक्छ।
–     बाँदरका अधिकांश प्रजाति रूखमा बस्छन्। कतिपय जमिनमा बस्ने खालका पनि हुन्छन्।
–     यिनीहरू दिनचर(दिउँसो गतिविधि गर्ने हुन्छन्। बाँदरको एकमात्र प्रजाति रात्रिचर(रातिमा गतिविधि गर्ने) हुन्छ। जसलाई उल्लु बाँदर भनिन्छ।
–     मानिसको जस्तै यिनीहरूको पनि फिंगरप्रिन्ट हुन्छ।
–     बाँदर एक सामाजिक प्राणी हो। यिनीहरू समूहमा खान्छन्, सुत्छन् तथा यात्रा गर्छन्। प्रजातिअनुसार यिनीहरूको समूहमा केही बाँदरदेखि लिएर हजारौं हुन सक्छन्।
–     यिनीहरू आवाज, शारीरिक हर्कत तथा अनुहारको हाउभाउबाट आपसमा संवाद गर्छन्।
–     प्रायः बाँदरहरू एकआपसमा इसारामा कुरा गर्छन्।
– मानिसको जस्तै यिनीहरू पनि भावनामा बग्छन्। एक–आपसमा प्रेमभाव दर्शाउँछन्।
– तालिम दियो भने बाँदरहरू आफूलाई ऐनामा हेरेर चिन्न सक्छन्।
– यिनीहरू सर्वहारी हुन्छन्।
– मलेसिया तथा थाइल्याण्डमा नरिवल टिप्न बाँदरलाई राख्ने चलन छ।
– जापानको एउटा रेष्टुरेन्ट छ जहाँ बाँदरले वेटरको काम गरेको देख्न सकिन्छ।
– ग्रीसका राजा अलेक्जेन्डर–१ को बाँदरले टोकेर मृत्यु भएको थियो।
– प्रत्येक वर्ष १४ डिसेम्बरमा विश्व बाँदर दिवस मनाइन्छ।
– मानिसको जस्तै बाँदरको पनि आँखा कमजोर हुनसक्छ।
–    कुनै बाँदरले आफ्नो दाँत सफा गर्छन्।
–    बाँदरले केरा ताछेर खान्छन्।
–     यिनीहरू संख्या गन्न सक्छन्।
–     यो जनावर ५५ किलोमिटर प्रतिघन्टाको गतिमा दौडन सक्छ।
–     मानिसजस्तै केही प्रजातिका बाँदर कसैको मृत्युमा शोक मनाउँछन् भने कुनै कुरामा खुसियाली पनि मनाउँछन्।
–     कुनै प्रजातिका बाँदरहरू खानेकुरा पखालेर खान्छन्।
–     संसारको सबैभन्दा ठूलो बाँदर ३५ किलोग्रामको पाइएको छ।
–     कुनै–कुनै बाँदरको लामो–लामो जुँगा पनि हुन्छ।
–     संसारको सबैभन्दा सानो बाँदर मुसा जत्रै हुन्छ।
(विभिन्न एजेन्सीको सहयोगमा)

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै