अर्घाखाँची को मालारानी ६ लोहोरी मा यसपाली पन्चमीमा देउसी भैलो मेला लाग्ने

दीपेन्द्र सुनार कार्तिक ३० अर्घाखाँची ।
जिल्लाको मालारानी गाउँपालिका वार्ड न ६ लोहोरी मा यसपाली पन्चमी को अबसरमा देउसीभैलो मेला लाग्ने भएको छ।कोरोना भाइरसको संक्रमण फैलिएसंङगै गतबर्ष रोकिएको देउसी भैलो मेला यसपाली लाग्ने देउसी भैलो ब्याबस्थापन समिती ले जनाएको छ।

हरेक बर्ष शुभ दिपावली को बिदाइ संङगै पन्चमी पर्व को अबसरमा लाग्ने उक्त मेला बिगतका बर्षमा कोरोना संङक्रमण का कारण सरकारले जारी गरेको लकडाउनका कारण लाग्न सकेको थिएन ।

तर यस बर्ष श्री अर्घा मेहेलपानी बिधालयको खेल मैदानमा आउदो मंसिर ८ गते अर्थात पन्चमिको दिन देउसी भैलो मेला आयोजना गरिएको देउसी भैलो ब्याबस्थापन समिति का अध्यक्ष राम बहादुर सुनारले बताएका छ्न।

मेलामा गत बर्षहरुमा स्थानीय ठाउमा खेलिने देउसी भैलो लाई प्राथमिकता राख्दै आफ्नो आफ्नो क्षेत्र बाट देउसी भैलो लिइ आफ्नो कला प्रस्तुत गरि मनोरञ्जन दिने सबै देउसी भैलो लाई पुरस्कार रासी दिइन्थेयो । साथै धेरै टाढा टाढा का व्यापारी समेत आएर व्यापार गर्ने हुदा यसको रौनक झनै बढेको थियो।

यसपाली पनि जुनसुकै ठाउबाट आफ्नो समुदाय को देउसी भैलो लिएर मनोरञ्जन दिन साथै हरेक क्षेत्र बाट व्यापार गर्ने व्यापारी आएर आफ्नो व्यापार गरि मेलालाई सब्य र भब्य तरिकाले सम्पन्न गरि सहयोग गर्न सम्पुर्ण स्थानिय समुदाय र मेला हेर्न आउने दर्शक र ब्यापारिहरुलाइ समिती ले आग्रह समेत गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै