Advertisement
विज्ञापन

मालारानी १ काे मरेङ स्वास्थ्य चाैकीलाई अक्सिजन कन्सल्ट्रेटर मेसिन



Advertisement
विज्ञापन

प्रेमनारायण आचार्य,सन्धिखर्क ३० कात्तिक । श्वास प्रश्वास प्रकृयामा अक्सिजनको कमीबाट हुने जोखिम नियन्त्रण गर्न अर्घाखाँचीकाे मरेङ स्वास्थ्य चाैकीमा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरिएको छ।

कोभिड तथा श्वासप्रश्वासमा अक्सिजनको कमीबाट हुने रोगहरुको नियन्त्रण गर्न नेपाली कांग्रेसका नेता डाक्टर जयबहादुर टण्डन र डाक्टर मुक्ति श्रेष्ठको पहलमा अर्घाखाँची दिगो विकास केन्द्रले अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेकाे हाे ।


Advertisement
Advertisement
Advertisement

आफ्नै गाउँको स्वास्थ्य संस्थामा अक्सिजन कन्सल्ट्रेटर मेसिन प्रदान गरेपछि मालारानी गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरु हर्षित भएका छन्। मालारानी गाउँपालिकाको १ र २ का बासिन्दाले सेवा लिने उक्त स्वास्थ्य चौकीमा अक्सिजन मेसिन लिएर डाक्टर डाक्टर जयबहादुर टण्डनको टोली गएपछि उनीहरु खुशी भएका हुन्।

नेपाली कांग्रेसका वडा सभापति भरत थापाको विशेष सहजीकरणमा अक्सिजन कन्सल्ट्रेटर मेसिन स्वास्थ्य चाैकीलाई हस्तान्तरण गरिएको हाे । स्वास्थ्य चौकीमा एक कार्यक्रमका बिच डाक्टर टण्डनले वडा अध्यक्ष तथा स्वास्थय चौकी व्यवस्थापन समितका अध्यक्ष बालकृष्ण आचार्य र स्वास्थय चौकी प्रमुख मदनकुमार आचार्यलाई कन्सल्ट्रेटर मेसिन प्रदान गरेका हुन्।

कार्यक्रममा डाक्टर जयबहादुर टण्डन, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनिता ज्ञवाली , नेकपा एमालेका मालारानी गाउँपालिका अध्यक्ष शालिकराम आचार्य, नेपाली कांग्रेस मालारानी गाउँ पालिकाका सभापति तथा ३ नम्बर वडा अध्यक्ष शाेभाखर खनाल , नेकपा मावादी ( केन्द्र ) का भगवता आचार्य, एमालेका भन बहादुर बिक, नेपाली कांग्रेस २ का वडा सभापति प्रभात कुवर , नेकपा समाजवादीका लाेकनाथ आचार्य, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, लगायतले मन्तव्य राख्दै विकासमा कसैले पनि राजनिति गर्न नहुने बताएका छन्।

उनीहरुले विकास निर्माणका काममा राजनीतिभन्दा माथि उठेर काम गर्नु पर्ने बताएका छन्। कार्यक्रम मणिराम खनालको सञ्चालनमा सम्पन्न भएको हो।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad