
दबिएर बस्ने हैन एकजुट भै उठ्नै पर्छ
पुरुषप्रधान समाजमा नारि अब जुट्नै पर्छ
चुलो चौको मात्र होइन अब अगि बढ्नुपर्छ
राम्रो काम गर्नलाई थोरै भए नि पढ्नुपर्छ ।।
उठ नारि आजदेखि अधिकार खोज्नलाई
सधैंभरि जुट नारि राम्रो काम रोज्नलाई अन्धकार हटाएर
ज्ञानको ज्योति छरनलाइ
देशका लागि राम्रो काम गर्दागदै मर्नलाई
हेपिसके पुरुषले दबिएर बस्दाबस्दै
कैयौं मानिस मरिसके दुख पिर खप्दा खप्दै
जहिले पनि नारि घरको काम गर्नुपर्ने
पुरुषप्रधान समाजमा महिला पछि पर्नुपर्ने ।।
लेखक .प्रियंका पन्थी
रेसुङ्गा नगरपालिका वडा नम्बर ५ लामडाडा
कक्षा .१२