Advertisement
विज्ञापन

चुनढुङ्गा उत्खनन कार्य रोकिएन: सुन्दर हरियाली डाँडो फुर्सो ,सम्बन्धित निकाय मुगदर्सक



Advertisement
विज्ञापन
गुरुदेव खनाल ,कार्तिक २९, नालिबेली न्युज सन्धिखर्क। अर्घाखाँची जिल्लाको नरपानी एक सुन्दर, रमणीय स्थल  शितल हावा र कञ्चन पानी प्रदान गर्ने नर्तनाञ्चल पहाड विवादको भुमरीमा रुमलिएको छ । प्राकृतिक सौन्दर्यताले भरपुर्ण,ऐतिहासिक तथा धार्मिक एवं पर्यटकीय स्थल नरपानी पहाड आफ्नो गर्भमा रहेको अमुल्य चुनढुङ्गाका कारण विवादमा फसेको हो ।
 जहाँ चुनढुङ्गा उत्खनन हुँदा बितिकै नरपानीको प्राकृतिक सौन्दर्यतामा कमी र पानीका मुहानहरु सुक्दै जान्छ्न।त्यहाबाट निस्किएका धुलोका कणहरुले स्थानीय बासिन्दा र बन्यजन्तुहरुको स्वास्थ्यमा नकारात्मक असर गर्ने स्थितिको वातावरण सिर्जना हुन्छ । यसलाई संरक्षण गर्नका लागि चुनढुङ्गा उत्खननको विकल्पमा पर्यटकीय र जैविक दृष्टिकोणले यसको बिकास गर्न सकिन्छ ।
यहाँ चुनढुङ्गा उत्खनन गरिसकेपछि आगामी दिनमा त्यसले पार्ने प्रभाव र देखिने असरहरुको न्यूनीकरण बारे सरोकारवाला पक्षबाट कुनैपनि भुमिका निर्वाह गरिएको देखिदैन ।प्राकृतिक वस्तुहरुलाइ दोहन गरेर दीगो विकास हुँदैन  । यी प्राकृतिक वस्तु राज्यका सम्पत्ति हुन।
 राज्यको सम्पत्तिलाई राज्यले संरक्षण नगरेर कुनै निजी व्यक्ति, निजी कम्पनीलाई सुम्पिए तत्काल त आर्थिक पक्षमा केही फाइदा लिन सकिएला तर भविष्यमा यसले भौतिक संरचना, जैविक तथा  वातावरणीय हिसाबले विकराल अवस्था सिर्जना नहोला भन्न सकिँदैन । त्यसकारण यी प्राकृति देनलाई संरक्षण र सम्बद्ध गर्न  ध्यानाकर्षण  हुन आवश्यक छ ।
यस्ता देनलाइ अटल रहन दिनु महत्त्वपूर्ण विषय हो। यो बिगार्न,भत्काउन र तहसनहस हुनबाट जोगाउन तत्काल खानी सदाका लागी बन्द गर्न समयमै सम्बन्धित निकायको  ध्यानाकर्षण हुन जरुरी छ ।प्रथम सरोकारवाला व्यक्ति भनेको  स्वयं उत्खनन गर्ने भयो अर्को भनेको प्रशासन , प्रहरी कार्यालय, सडक विभाग साथै उच्च राजनैतिक दलहरुरले पनि  यसको महत्त्वलाई जोगाइ राख्ने पक्षमा कुनै प्रतिक्रिया नै देखाएका छैन । कुनै राजनैतिक दलले यस विषय चासो दिए पनि फिल्डमा आउन सकेका छैनन् ।
 चुनढुङ्गा उत्खननको कारण विभिन्न रोगहरुको उत्पत्ति भएका छ्न। त्यहा वासस्थान भएका जतिपनि जीवजन्तू थिए । अहिलेको अवस्थामा नरहेको पाइन्छ। त्यहा नजिकै रहेको सुपा देउराली मन्दिरलाई आम सर्वसाधारणले जसरी मान्छ्न ।अब यसरी उत्खनन गर्नाले देउरालीलाई जसरी मान्ने, पुज्ने गर्थे अब बिस्तारै सबै हराउँदै जान्छ । त्यो स्थान उजाडिलो अनि मरुभूमि हुन्छ । अब झन  डाडापाखा , छहरा नहुदा कोही नआउने पनि हुन्छ ।
अहिलेको यो पुजीवादी समाजमा व्यक्तिहरु पैसामा बिकेको नै देखिन्छ । त्यसैले यसको दीर्घकालीन महत्त्व के हो? अहिले पनि त्यहा विभिन्न प्रकारका जडिबुटी छन, चराचुरुङ्गी छ्न अब  ती सबै नष्ट भएर जान्छ । यहाँ ती मेसिनहरु संचालन गर्दा वायु तथा ध्वनि प्रदुषण भएको छ । बाटोघाटो , सडकका पुर्वाधार बिग्रेका छ्न ।
पानीका मुहानहरु सुकेका छ्न्। अहिले नरपानी पुलिस चौकीको नजिकै वृक्षरोपण गर्नाले त्यहाँ सिमसार क्षेत्र भनेर पोखरी निर्माण भइसकेको अवस्था छ। यहाँ  एकतर्फी त नगरपालिका ले सिमसार क्षेत्र भनेर भौतिक संरचनाहरु पुर्वाधार विकास गर्ने  पर्यटकीय दृष्टिकोणले विकास गर्दै लैजाने उद्देश्यले पर्यटकीय स्थल निर्माण गरेको छ । अर्को तर्फ उत्खनन  यी यस्ता एक- आपसमा विवादास्पद कार्य भएका छ्न । यसलाई संरक्षण गर्ने कस्ले ? यसलाई संरक्षण गर्नु पर्यो ।
 चुरे क्षेत्रको उत्खनन् गरिरहँदा सम्बन्धित निकायले टिपर हरुको पनि राम्रो संग व्यवस्थापन गरि संचालन गर्नुपर्ने देखिन्छ। ओभर लोड़ सहितका टिपर हरु नरपानि देखि कपिलबस्तु ,बुटवल सम्म ओभर स्पिडमा दैनिकी आवतजावत गर्ने गर्दछ !! भरिभराउँ  चुन ढुँगा हालेर ओभर स्पिड मा टिपर हरु गुडीरहँदा ढुंगा खसेर कुन पैदल यात्री,बाइकमा सवार यात्रुहरुको अकालमै ज्यान जाने होकी भन्ने उच्च जोखिम रहेको छ।
टिपर को कारण  कुन आमाको काख रित्तिने हो,कुन छोरा छोरीको अभिभावक गुम्ने हो त्यो कुनै निश्चित छैन। तर अर्घाखाँची का नाईंके हरु गोजी भर्नमा लिप्त भएर जिल्लावासीलाई नै धरासाय बनाउँदै छन्,बेथिति अनियमियता हुँदा पनि जिल्लाको सम्बन्धित निकाय चुँ बोल्दैन।यस गम्भीर बिषयमा जिल्लावासीको एकै आवाज हुन् जरुरुत देखिन्छ।
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad