Advertisement
विज्ञापन

पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरोधमा दाङकाे लमईमा चक्काजाम



Advertisement
विज्ञापन

जनार्दन न्याैपाने ,लमई कार्तिक २८,
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको गरेकाे विरोधमा आज दाङ काे लमईमा १ घण्टा चक्का जाम गरि आन्दोलन गरेकाे छ ।

विरोध कार्यक्रममा परमादेशी सरकार राजीनामा दे, नाफा घाटा जान्दैनौं मूल्य वृद्धि मान्दैनौं, जनतामारा सरकार मुर्दावाद मूल्य वृद्धि रातारात, मिलेमतो पाँच दलको, उठिबास जनताको, कालोबजारीहरू होसियारलगायत प्लेकार्ड बोकेर नाराहरू लगाएका थिए। नेपाल आयल निगमले बुधबार रातिदेखि लागु हुनेगरी डिजेल तथा पेट्रोलमा ३ ३ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ प्रतिसिलिण्डर मूल्य वृद्धि गरेको थियो।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement