रोल्पामा जिप दुर्घटना : तीन जनाको मृुत्यु

रोल्पा।रोल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।आइतबार बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।मृतक तीन जनामध्ये एकजना महिला र दुईजना पुरुष रहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै