
दीपेन्द्र सुनार प्युठान कार्तिक २८,
जिल्ला झिमरुक गाउँपालिका कोरोनामुक्त भएको छ। गाउँपालिकामा बिगत केही साता देखि कोरोना संक्रमित को संङख्या शुन्य रहेको छ।कोरोना भाइरस को पहिलो लहरदेखी आज सम्म आइपुग्र्र्दा कोरोना संङ्क्रमित को कुल संङख्या ७५६ जना रहेको छ।
संक्रमित कुल संङख्या मध्ये केही कोरोना संक्रमित को मृत्यु भएपनी अरु सबै निको भैसकेको र गाउँपालिका भित्रका आठ वटै वार्डहरुमा कोरोना संङक्रमित नभेटिएको साथै होम आइसियुलेसन क्वारेन्टाइन मा कुनै पनि बिरामी नरहेको जानकारी आएको र गाउपालिकाको कोरोना अस्पताल पनि केही सातादेखि पुर्ण रुपमा खाली भैसकेको गाउँपालिकाका स्वास्थ प्रमुख बिकाश के सि ले बताएका छ्न।