नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)गुल्मीको प्रथम बैठक सम्पन्न
सुशील खनाल,कार्तिक २६,गुल्मी ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी गुल्मीको प्रथम बैठक आज गुल्मीको तम्घासमा सम्पन्न भयो।
वैठकमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )गुल्मीका अध्यक्ष श्रीराम महतको अध्यक्षता,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) केन्द्रिय कमिटी सदस्य एवं लुम्बिनी प्रदेश कमिटी सचीव राजु गुरुङको प्रमुख आतिथ्यता,केन्द्रिय सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज गणेश खनालको विशेष आतिथ्यता ,केन्द्रिय सल्लाहकार सदस्य नरेन्द्र किरण ठकुरी,लुम्बिनी प्रदेश सचिवालय सदस्य नरेश भण्डारी ,अविरल सिंह ठकुरी,प्रदेश कमिटी सदस्य मदन विष्ट ,अनन्त लाल भण्डारी लगायतले प्रशिक्षण मन्तब्य राख्नु भएक थियो।
बैठकले संगठन विस्तार तथा वैचारिक सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको छ।बैठक प्रदेश कमिटी सदस्य तथा जिल्ला कमिटी उपाध्यक्ष चन्द्र सुनारको स्वागत मन्त्ब्य , जिल्ला कमिटी सचिव सुरेन्द्र कडेलको संचालनमा बैठक सम्पन्न भएकाे थियाे ।