Advertisement
विज्ञापन

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,किन मौन छ सरकार ?



Advertisement
विज्ञापन

काठमाडौँ– बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल, मट्टितेल आन्तरिक तथा बाह्य हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेको छ । १२ दिन अघि पनि मूल्य बढाइएको थियो । यसरी दुई हप्तामा दुई पटक मूल्य बढेको हो ।


Advertisement
Advertisement
Advertisement

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले घाटामा गएको बताउँदै आएको थियो । निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएको छ ।

बढेको मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ३६ रुपैयाँ लिटर, डिजेल तथा मट्टितेल प्रतिलिटर एक सय १९, आन्तरिक हवाई ईन्धनको मूल्य एक सय एक र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलो लिटर अमेरिकी डलर ८ सय ९५ र एलपी ग्यासको मूल्य एक हजार पाँच सय ७५ पुगेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad