गुल्मीमा साेँठे र लाेर्के आलुमा कृषक आकर्षित, एकै गाउँले बेच्छ ८० लाखको आलु

कृष्ण अन्जान, गुल्मी नालिबेली न्युज डटकम।  गुल्मीकाे पुर्विभेगमा याढुँगकाे आलु लाेकप्रिय छ  । यतिवेला याढुँगका फाँटहरुमा धान काट्ने थन्काउने काम शुरु भएकाे छ र कार्तिककाे अन्तिम तिर खेत र बारिमा डमक्कै आलु लगाउने तयारी याढुँग वासिले गरेका छन ।साविक ग्वादि गाउँ विकास समितिकाे वडा ५ र पछिल्लो पटक रुरुक्षेत्रकाे वडा न २ ग्वादीकाे कालिगण्डकिकाे तटिय क्षेत्रमा रहेकाे याढुँग गाउँ सताव्दियाैँ देखि आलु खेतिका लागि प्रसिद्ध छ ।

पहिले स्थानीय जातकाे सेताे आलु लगाउने र अन्नसँग आलु साट्ने गरेकाे याढुँगका पुराना  आलु कृषक डिल बहादुर कुँवर बताउँछन् । थाेर्गा, भट्कुवा, ग्वादि सँगै स्याङ्जाकाे कारिकाेट, किपट पाल्पाकाे कुसेनि लगायतका क्षेत्रबाट यहाँ अन्न बाेकेर आलुसँग साट्न आउने गरेकाे सम्झना गर्छन  किसान डिल बहादुर ।समयकाे माग सँगै यसक्षेत्रका किसानहरु परम्परागत कृषि प्रणाली बाट व्यवसायीक आलु खेती तर्फ माेडिए । खेतबारीमा रैथाने आलुकाे बीउ प्रयाेग गर्दै आएका याढुँगका किसानहरुले उन्नत जातका आलुका विउहरु लागाउन थालेपछि आलु उत्पादन बढेकाे याढुँगका युवा किसान रामु कुँवरले बताए ।
यतिबेला याढुँग गाउँका किसानकाे बारी साेँठे र लाेर्के राताे जातकाे आलुले छपक्कै ढाकेकाे छ ।करिव ८० घरधुरी रहेकाे याे गाउँमा सबैले आलुकाे खेति गर्छन र वार्षिक ७० देखि ८० लाख सम्मकाे आलु विक्रि हुने गरेकाे किसान रामु कुँवरले जानकारी दिए ।त्यसाे त गतवर्ष स्थानिय तहले किसानलाई आलु खेतिकाे प्राविधिक तालिम सहित टिपिएस जातकाे आलुकाे बीउ वितरण गरेपनि उक्त बीउ काे उत्पादन याढुँग गाउँमा न्यून भएकाे र सफल नभएकाे किसानहरुकाे भनाइ छ ।

लाेर्के राताे र साेँठा जातकाे आलु एक राेपनिमा १५ देखि २० क्विन्टल  फल्ने गरेकाे तर सरकारले व्यवस्थापन गरेकाे टिपिएस जातकाे आलु राेपनीमा मात्र १ देखि २ क्विन्टल फलेपछि आलुकाे बीउ परिवर्तन गर्नु परेकाे कृषक हुम बहादुर कुवँर भन्छन ।मुख्यतया बीउ र मल यसक्षेत्रका आलु किसानकालागि उपलब्धताकाे समस्या रहेकाे र लकडाउनकाे समयमा  मल ४ हजार रुपैया क्विन्टलसम्म किन्न किसान बाध्य भएकाे याढुँगका आलु किसानले बताए ।

कालिगण्डकी करिडाेरकाे  रिडी रुद्रवेणि सडक खण्डकाे नजिकै पर्ने याडुँग क्षेत्र आलु उत्पादनकाे पकेट क्षेत्रकाे रुपमा विकास हुँदै छ भने स्थानिय स्वाद पस्कने गरि याढुग बासिहरुले हाेमस्टे सन्चालनकाे तयारी समेत शुरु गरेका छन ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै