
सुशील खनाल ,धुर्काेट ।
नेकपा एकिकृत समाजवादी नेपालले गुल्मीको धुर्काेट गाउँपालिका वडा नः ५ बस्तुमा आज एक कार्यक्रमका विच चियापान तथा संगठन बिस्तार कार्यक्रम सम्पन्न गरेकाे छ।नेकपा एकीकृत समाजवादी पार्टीले धुर्काेट गाउँपालिका ०५ बस्तुमा चियापान संगै वडा कमिटि गठन गरेकाे हाे ।
साेमबार भएको वडा स्तरीय चियापान तथा कार्यकर्ता भेलाले कृष्ण भण्डारीको संयोजकत्वमा १५ सदस्यीय वडा कमिटि गठन गरेकाे छ ।भने सह-संयाेजक मा यमलाल घर्ती,सचिवमा सुदिप नेपाली ,सह – सचिवमा राेशन कुबंर चयन भएका छन् । उक्त कार्यक्रममा नेकपा एकीकृत समाजवादी नेपाल लुम्बिनी प्रदेश सदस्य नरेश भण्डारी काे अध्यक्ष रहेकाे कार्यक्रमकाे अविरल भण्डारीले सहजीकरण गर्नुभएकाे थियाे ।