Advertisement
विज्ञापन

त्यो रातपछि गाउँ सुनसान भयो,मान्छे नबस्ने सुन्दर गाउँको ड’ र लाग्दो कथा



Advertisement
विज्ञापन

२०७८ साल कोरोनाको महामा’रीको कारणले मानव जीवनकै लागि दु(र्भाग्य पूर्ण बन्यो भने नेपालीहरुको लागि प्राकृतिक वि’पत्तीको कारणले अझै बढी पी’डादायी बन्यो । नेपालका धेरै भुभागमा बाढी पहिरो डुवानका कारणले ठूलो मात्रामा धनजनको क्ष ति भयो भने यी समाचारहरुले पनि मूलधारदेखि सोसलमिडिया सबैतिर ठूलो चर्चा पनि पाए । विपत्तीकै कारणले एउटा पुरानो मगर वस्ती एकाएक मानवरहित बन्यो तर पनि यो समाचारले खासै स्थान पाएन ।

पुर्खादेखिनै नवलपुर जिल्लाको हुप्सेकोट वडा नं। ५ को वाख्खोरको सुन्दर ठाउँमा बस्ती बसायर रज्जागज्जा भएर बसेका यो वस्तीका मान्छेहरुले २०७८ साल असार २४ गते बिहानसम्म सोंचेकै थिएनन् कि आफ्नो सालनाल गाढेको यो सुन्दर भूमि चत्रक्क कुकुरले हाड छोडे जस्तै छोडेर हिंड्नु पर्ला भनेर ।


Advertisement
Advertisement
Advertisement

२४ गते बिहानैदेखिको अबिरल वर्षाले बस्ती मुनीको हिंजोसम्मकलकल बग्ने सानो खोलामा भयंकर बाढी ल्याइदियो । बाढीले आप्mनो आसपासका रहेको जमिनमात्रै तानेन, खेतीयोग्य खेत बगर बनायो, बस्ती माथिबाट पनि ठूलाठूला पहिरा ल्यायो भने बस्तीमा चिरा पर्न थाल्यो धाँजा फाट्न थाल्यो र पुरै वस्ती नै खोलातर्फ धकेलिन थाल्यो ।

वर्षा निरन्तर थियो भने स्थानीयहरु सरकारसँग उद्धारको लागि गुहार मागिरहेका थिए । स्थानीय सरकारले विज्ञहरुको टोलि सहित सुरक्षाकर्मी पठाएर उक्त भूमि अब मानववस्तीको लागि योग्य छैन भन्ने निधो गरेपछिसाउने सक्रान्तिको रमाइलो मनाएर बिताउने दिन रुवाबासी गर्दै अब फेरी नफर्कने गरेर यो गाउँका मान्छेहरु उठेका थिए ।

आज पनि यो वस्ती सुन्दर छ तर रित्तो छ । वस्तीका मान्छे कसरी बसेका थिए भन्ने कुरा उनीहरुका यी घर र संरचना हेरेरै थाहा हुन्छ । सुविधाको कुरा त अहिले पनि दुर्गम कर्णलीभन्दा कम छैन, अलि अघिकै सरकारले घरघरमा इन्टरनेट भन्ने नारा पनि ल्याएको थियो तर यो ठाउँमा अहिले पनि मोवाइलमा नेटवर्क भेटिदैन ।

बिजुलीको लागि पोल गाडीदै थियो तर टुकी बत्ती र सोलर मै निर्भर थिए अहिलेसम्म पनि । यो घटनापछि ति सबै कुरा अब बहसका विषयभन्दा बाहिर पुगेका छन् । अब फेरी फर्केर यही वस्तीमा आउने संभावना नहुँदै गर्दा उनीहरु अहिले कहाँ छन् रु कसरी बसेका छन् रु यो विषयमा हामी अर्को अंकमा कुरा गर्ने छौं तर अहिले भने हामी निकै कष्टले यो गाउँमा आएका छौं र केही गाउँलेहरु पनि आफ्ना पीडा राख्नको लागि हामी आएको जानकारी पाएपछि उस्तै कष्टले दिनभरीजस्तै हिंडेर यही आउनु भएको छ । भत्केका, भत्कनै लागिका, फुटेका, टुटेका भौतिक संरचनासँगै चिरा चिरा परेको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad