
२२ कार्तिक ,नालिबेली न्युज,अर्घाखाँची । जिल्लाकाे मालारानी गाउँपालिका वडा नम्बर : २ डाँडाकटेरी स्थित नाैं जना यात्रु सवार वस दुर्घटना हुँदा यात्रु सामान्य घाइते भएका छन् ।

बुटवल बाट गुल्मी तम्घास हुँदै गुल्मीको धुर्काेट गाउँपालिका वडा न:२ पिपलधारा जादै गरेको लु १ ख ४८२० नम्बरको बस रिडि सुर्खेत सडक खण्ड अन्र्तगत पर्ने डाँडाकटेरीमा दुर्घटना भएको हो ।
वसमा सवार ९ जना यात्रु सबैकाे अबस्था ठिक रहेको साथै बाटाे साँघुराे र बसको यान्त्रिक खरावीका कारणले बस दुर्घटना भएको चालक बिशाल नेपालीले नालिबेली न्युजलाई जानकारी दिए । दुर्घटना ले बाटाे तल पट्टी रहेकाे यमकला भुसाल घर जाेखिम रहेकाे छ।
