गुल्मीमा १३ वर्षीय बालकले ट्र्याक्टर चलाउन खोज्दा दुर्घटना

१५ कार्तिक, गुल्मी । गुल्मीमा १३ वर्षीय बालकले ट्र्याक्टर चलाउन खोज्दा दुर्घटना भएको छ । जिल्लाको सदरमुकाम तम्घासस्थित पुतली बजारमा रोकिराखेको लु ४ त ८७७२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उक्त ट्र्याक्टर धुर्कोट गाउँपालिका-१ नयाँ गाउँका १३ वर्षीय बालक सुमन रानाले चलाउँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी सुचना अधिकारी पुरुत्तम पाण्डेले बताए । बिना चाबि नै बालकले विभिन्न प्रविधि मिलाएर ट्र्याक्टर स्टार्ट गरेर चलाएको बताइएको छ ।
केही समय अघि पनि सुमन रानाले धुर्कोटमा जिप चलाउन खोज्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा कुनै मानवीय क्षेती नभए पनि एक वटा मोटरसाइकल र पसलमा क्षती पुगेको छ । ट्र्याक्टर चलाउने बालक र ट्र्याक्टरलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको गुल्मी प्रहरीले जनाएको छ ।गुल्मी अपडेट

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै