सुर्योदय युवा क्लब अर्घाखाँचीले मनाउदै आफ्नो १७ औ जन्म उत्सव

दीपेन्द्र सुनार कार्तिक १५ अर्घाखाँची ।

सुर्योदय युवा कलब मालारानी गा, पा वार्ड न ६ म्यालपानी अर्घाखाँचीले विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम को आयोजना गरि आफ्नो स्थापनाको १७औ जन्म उत्सव मनाउने भएको छ।शुभ दिपावली तथा छ्ठ पर्वको अबसर पारी प्रत्येक बर्ष क्लबले आफ्नो बार्षिक उत्सव मनाउदै गरेको भएपनी बिगत केही बर्ष यता कोरोना भाइरस र बिचमा बिबिध समस्याका कारण रोकिएको जन्म उत्सव यसपाली सब्य र भब्य तरिकाले मनाउन थालिएको क्लबका अध्यक्ष आशिष राउतले बताएका छ्न।

शुभ दिपावली र छ्ठ पर्वको पावन अबसर संङगै क्लबले आफ्नो १७ औ बार्शिक उत्सव को अबसर पारी यहि कार्तिक १६,१७ र १८ गते गरि तीन दिन सम्म मनाउन लागेको बार्षिक उत्सवमा खुल्ला पुरुष भलिबल प्रतियोगिता , घैटो फोर प्रतियोगिता , र भाले समाउने प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राउतको भनाइ रहेको छ।

भलिबल तर्फ
प्रथम पुरस्कार नगद रु २१००० हजार मेडल र प्रमाण पत्र

दोर्स्रो पुरस्कार नगद रु १५००० हजार मेडल र प्रमाण पत्र

तेर्स्रो पुरस्कार नगद रु १०००० मेडल र प्रमाण पत्र

घैटो फोर तर्फ नगद रु १००० हजार रुपैया रहेको छ।

बार्षिक उत्सवलाइ सब्य र भब्य तरिकाले सम्पन्न गर्न का लागि स्थानिय कलाकार हरुको समेत बेजोड प्रस्तुति रहेकाले सबैलाई उपस्थित हुन क्लब ले अनुरोध गरेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै