Advertisement
विज्ञापन

चारलाख ६४ हजारसहित घोराहीबाट २० जुवाडे पक्राउ



Advertisement
विज्ञापन

दाङको घोराहीबाट २० जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका वडा नंं। १४ रझेनाबाट आइतबार राति २० जुवाडे पक्राउ गरिएको हो । प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लका अनुसार रझेनाका २५ वर्षीय यज्ञ खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा चार लाख ६४ हजार आठ सय ८१ रुपैयाँ नगद तथा जुवाडेले प्रयोग गर्ने चारवटा सहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा एमाले नेता घोराही १५ निवासी ५७ वर्षीय महावीर वली, घोराही १५ कै धुर्बराज केसी, सोही ठाउकै पूर्णचन्द अधिकारी, रोल्पा रुन्टीगढी गाउँपालिकाका ४३ वर्षीय रुपलाल बिक, घोराही उपमहानगरपालिका वडा नं। १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बुढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही १५ का ५७ वर्षीय शरद लामिछाने, घोराही १२ का ५२ वर्षीय कुलराज वली रहेका छन् ।


Advertisement
Advertisement
Advertisement

त्यस्तै कांग्रेस नेताहरु घोराही ५ का ५७ वर्षीय नवीन पछाई, घोराही १५ का ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ कै प्रमोद गौतम, घोराही १९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही १६ का ३४ वर्षीय रवी गिरी, घोराही १८ का ४९ वर्षीय समिर लामा, घोराही १४ का २५ वर्षीय यज्ञ खड्का र घोराही १४ का २४ वर्षीय कमल घर्ती रहेका छन् ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad