
ए भन्नू न बा मान्छे मरेपछी कहाँ जान्छन् ?
आफ्नालाई रुवाएर आफुँसित को लान्छन् ?
नफर्किने गरि कहिल्यै लडि मरे सहिदहरु
यी अस्मिता लुटिएकी आमालाई के ठान्छ्न्?
जान्छु पनि नभनी जान्छन् माया गर्नेहरु
संगै मर्छु भनी वाचा कसम किन खान्छन्?
तातेताते हिँडाउने बा-आमा नहुँदामा
आउँदा भेट्न पछिपछी हात कस्ले तान्छन् ?
मधुसुधन पाण्डे
छत्रदेव गाउँपालिका,अर्घाखाँची