
दिपा पन्थ :कार्तिक ९, गुल्मी ।
लायन्स क्लब अफ बुटवल सनराइजको आयोजना तथा नवयुग युवा क्लब सैनामैना र बुटवल लायन्स आँखा अस्पतालको सहकार्यमा नि :शुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ l
एक औपचारिक कार्यक्रमका बिच संचालन भएको आँखा जाँच शिविर सैनामैना नगरपालिका १ सैनामैना चोकमा भएको थियो ।
उक्त शिविरबाट करिब १६० जनाले आँखा जाँच गरि लाभ लिएका थिए ।लायन्स क्लब अफ बुटवल सनराइजका अध्यक्ष लायन्स शंकर पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा , प्रमुख अतिथि सैनामैना नगरपालिका १का वडा अध्यक्ष केयर सिंह गलामी , विशिष्ट अतिथि लायन्स क्लब अफ बुटवल सनराइजका संस्थापक अध्यक्ष लायन्स समुन्द्र श्रेष्ठ , अतिथी सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष कबिराज कुँवर, नवयुग युवा क्लबका अध्यक्ष टुल बहादुर तराउनु लायन्स क्लब अफ बुटवल सनराइजका कोषाध्यक्ष सबिन शर्मा सदस्यहरु फस्ट भिपी राजन पाण्डे , सेकेन्ड भिपी एपाल भण्डारी ,सह सचीव दीपेन्द्र भुसाल लक्ष्मण पन्थ , जीवन पौडेल, बिकास पन्थी मणि गैरे बिमल केसि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संयोजक लायन्स रमेश पन्थिले स्वागत मन्तव्य राख्दै कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियोे । कार्यक्रममा लायन्स शंकर पाण्डेले क्लबले पहिले देखि यस्तो कार्य गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्य गर्दै जनताको सेवामा क्लब सदैब तत्पर रहने बताउनु भयो । साथै प्रमुख अतिथि सैनामैना नगरपालिका १का वडा अध्यक्ष केयर सिंह गलामीले कार्यक्रममा बोल्दै क्लबले गरेको कार्यको प्रसंसा गर्दै यस्तै कामले समाज बिकासमा टेवा पुग्ने बताउदै क्लबलाई धन्यवाद दिनुभयो ।कार्यक्रमको संचालन क्लबका सचीव लायन्स अमर पन्थले गर्नुभएको थियो ।