दार्चुलामा एमाले कमिटीमा गठन भएका ब्यक्ती पार्टी प्रवेश गरेर काङ्ग्रेसमा आउनेको घुइँचो

दार्चुला । दार्चुलामा कात्तिक ६ गते (शनिवार) देखि नेकपा एमालेको वडा अधिवेशन भइरहेको छ । एमालेले वडा अधिवेशनमा जसरी पनि कमिटीलाई परिपूरण गर्ने गरेको पाइएको छ ।ललाइ फकाइ पार्टीमा प्रवेश गराउने नियत राम्रो नभएको नागरिकको बुझाइ रहेको छ।

एमालेमा पार्टी प्रवेश गरेको भन्दै गलत भ्रम फैलाइरहेको नागरिकको गुनासो रहेको छ।कतिपय नागरिकले अहिले म काङ्ग्रेसमै रहेको छु भनेर सामाजिक संजालमा पोष्ट गर्न बाध्य भएका छन।नागरिकलाइ ललाइ फकाइ पार्टी प्रवेश गराउनुले पार्टीको सिद्धान्त माथीनै प्रश्न उठन थालेको छ।

नालिबेली न्युजसङ्ग कुरा गर्दै एक नागरिकले राणा कालिन समयमा समेत यत्तिको ललाइफकाइ त गरिदैन थियो होला यो लोकतन्त्र होकि दादागिरी तन्त्र हो उनले प्रश्न गरे?साथै उनले माउसेतुङको सिधाान्त र पुष्पलालको सिद्धान्त यस्तो
नहुनुपर्ने हो यस्तो सिद्धान्त कम्निष्टहरुमा कहाँबाट आएको होला?उनले भने।

जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ४ विद्यानगर टोलका जगतराम सुनार र सोही टोलका धनसिंह चुनाराले वडा कमिटीको महत्त्वपूर्ण पदीय जिम्मेवारीलाई त्यागेका छन् । उनीहरूले अन्जानमा आफूहरूलाई एमालेको वडा कमिटीमा राखेको बताएका छन् ।

एमालेले ललाइफकाइ यही कात्तिक ७ गतेको वडा अधिवेशनमा जगतराम सुनारलाई वडा सचिव र धनसिंह चुनारालाई सदस्य पदमा चयन गरेको थियो । आफूहरूलाई ललाइ फकाइ कमिटीमा चयन गरेको तथा अन्जानमा प्राप्त गरेको वडा कमिटीको पदबाट राजीनामा दिँदै नेपाली काँग्रेस प्रवेश गरेको उनीहरूले घोषणा गरेका छन् ।

 

यस्तै महाकाली नगरपालिका वडा नम्बर ८ का गणेश राज पन्तले समेत आफू एमालेमा प्रवेश नगरेको बताएका छन् । उनीहरूलाई महाकाली नगरपालिकाका प्रमुख हंसराज भट्टले पार्टीमा स्वागत गरेका छन् ।

८ नम्बर वडा अधिवेशनका दिन आफूलाई एमाले प्रवेश गर्‍यौ भनेर एमाले जनले प्रचार गरेको भन्दै उनले आफू एमाले प्रवेश नगरेको बताएका हुन् ।

सोमबार मात्रै २०४८ सालदेखि नेकपा एमाले पार्टीमा आबद्ध रही इलाका कमिटी अध्यक्ष रहेका महाकाली नगरपालिका–९ दत्तु थाप्लाका युवा उद्यमी विक्रम सिंह सामन्तले समेत एमाले परित्याग गरि काँग्रेस प्रवेश गरेका छन् ।

सामन्तलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कानून न्याय तथा संसदीय मन्त्री दिलेन्द्र प्रसाद बडूले काठमाडौँमा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै