
वीरगंज ०९ मंगलबार
पर्सा प्रहरीले लागु अौषध सहित २ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सूचना परिचालन र प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका वडा नं.१६ वाईपास जय माँ वैष्णवदेवी मन्दिर अगाडि जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी गणेशटोलबाट खटिएको संयुक्त टोलीले रजतजयन्ती चोकमा चेकजाँच गर्ने क्रममा बा.४ च १०२१ नम्बरको TATA IDICA कारलाई रोकी जाँच गर्ने क्रममा लागु औषध Wincirex 100 ml को २३७ बोत्तल र नाईट्राभेट ट्याब्लेट ६०० पिस कार्टुनमा प्याकिङ गाडीको पछाडि सिटमुनी राखिएको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जनाएका छन् ।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ मा बस्ने बर्ष २६ को सुमन न्यौपाने र सो वडामा बस्ने २८ बस्ने रोशन लामालाई पक्राउ गरि लागु अौषध सम्बन्धि कसूरमा अनुसन्धान अगाडी बढाएको पर्सा प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो ।