Advertisement
विज्ञापन

समिक्षा–पलको सम्बन्ध,हावा नचली पात हल्लियो



Advertisement
विज्ञापन

नेपाली मनोरञ्जन दुनियाँ गसिपमा रमाउँछ । कलाकारका सम्बन्धदेखि पारिश्रमिकका खबरले दैनिकजसो सञ्चारमाध्यम रंगिन्छन् । महिला र पुरुष कलाकारले एकसाथ काम गरेपछि उनीहरुबीच प्रेम सम्बन्धको चर्चा चल्नु नौलो होइन । कतिपय अवस्थामा त चलचित्र निर्माताले चलचित्रको प्रचारका लागि कलाकारबीच प्रेमसम्बन्ध रहेको चर्चा चलाइदिन्छन् ।

केही दिनयता नेपाली चलत्रिच तथा म्युजिक भिडियो बजारमा मोडल पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारीबीचको सम्बन्धको चर्चा छ । पल र समीक्षाको सम्बन्धदेखि बिहेका सम्झौतासम्मका चर्चाहरुले सञ्चारमाध्यम भरिन थालेका छन् । यसले, पल र समीक्षाका फ्यानहरुलाई अचम्ममा त पारेको छ ।पल र समीक्षाले सम्बन्धको बिषयमा केही पनि बताएका छैनन् । पलले बजारमा चलेका हल्लाहरु सबै गलत भएको र समीक्षा आफ्नो फ्यान भएको जवाफ दिँदै आएका छन् ।


Advertisement
Advertisement
Advertisement

समीक्षाले पनि पल शाह जस्तो स्टार कलाकारसँग काम गर्न पाउनु आफ्नो लागि अवसर भएको धारणा राखेकी छन् ।चलचित्र बजारमा समीक्षा र पलबीच बिहे नै गर्ने सम्झौता भएको हल्ला चलेको छ । यो हल्लाबारे उनीहरु स्वय‌ं पनि जानकार छन् ।बजारमा यस्तो हल्ला चल्न थालेपछि पल र समीक्षा मिडियाबाट तर्किन थालेका थिए । केही समय अगाडि चन्द्रागिरीमा आयोजना भएको एक अवार्ड समारोहमा पनि पत्रकार आउने जानकारी पाएपछि समीक्षा गइनन् ।

केही दिन अगाडि मात्र एक म्युजिक भिडियोको छायांकनमा पुगेका सञ्चारकर्मीलाई पल शाहले अन्तर्वार्ता दिन अस्वीकार गरेका थिए ।केही महिनायता पल र समीक्षा नजिक भएको कुरामा दुइमत छैन । पोखरादेखि सुरु भएको पल र समीक्षाको निकटताको चर्चा चितवन हुँदै काठमाडौंसम्म आइपुग्दा सार्वजनिक भएको छ ।केही मिडियामा सम्बन्धको चर्चा भएसँगै समीक्षाले लामो स्टाटस लेख्दै पलसँगको प्रेमसम्बन्धी हल्ला कपोलकल्पित भएको बताएकी छिन् ।

समीक्षाले लेखेकी छिन्, ‘पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यूसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु आएका छन् । समाचारमा मेरो र पलजीको सम्बन्धलाई तोडमोड गरेर तुच्छ प्रकारका कुराहरु मिडियामा आएका छन्, जसले मेरो चरित्र हत्या भएको छ । यसका साथै, पलजीको करिअरमाथि आँच आउने किसिमको सस्तो प्रचारबाजी गरिएको छ । यसो नगर्नका लागि म अनुरोध गर्दछु ।’
समीक्षाले यस्ता समाचारले आफूहरुलाई सामाजिक र चारित्रिक रुपमा निकै नै असर पुर्‍याएको पनि उल्लेख गरेकी छिन् । पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको बताउँदै समीक्षाले आफू उनको फ्यान भएको समेत उल्लेख गरेकी छिन् ।अनलाइनखबर

 

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad