अर्घाखाँचीका ६१ वटै वडामा नेकपा एमालेको नयाँ नेतृत्व चयन

अर्घाखाँची । अर्घाखाँचीका ६१ वटै वडाहरुमा नेकपा एमालेको नयाँ नेतृत्व चयन भएको छ । शनिवार जिल्लाका ६१ वटै वडामा एकसाथ अधिवेशन सम्पन्न भएको नेकपा (एमाले)का कार्यालय सचिव लिला विकले जानकारी दिए ।
जिल्लाका सबैजसो वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । जिल्लाको भूमिकास्थान नगरपालिकाका १० वटै वडाहरुमा नेकपा (एमाले) को प्रथम वडा अधिवेशन सम्पन्न भएको एमाले नेता नारायण खनालले जानकारी दिए ।

नगरपालिकाका १० वटै वडामा कमिटीहरु सर्वसम्मतिले बनेका हुन् । यस्तै मालारानी गाउँपालिका अन्तरगतका ९ वटै वडाहरुमा हरुमा पार्टीको अधिवेशन भव्य रुपमा सम्पन्न भएको एमाले नेता पिताम्बर भुसालले बताए । त्यहाँका पनी सबै वडाहरुमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ ।शितगंगा नगरपालिकामा पनी सबै वडाहरुमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

नगरका १४ वटै वडामा अधिवेशन सम्पन्न भएको नेता बसन्त श्रेष्ठले जानकारी दिए । सन्धिखर्क नगरपालिका अन्तर्गतका १२ वटै वडाहरुमा नेकपा (एमाले) को प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाका १२ वटै वडामा कमिटीहरु सर्वसम्मतिले निर्वाचित भएका नेता श्रीकृष्ण भुसालले जानकारी दिए।

छत्रदेव गाउँपालिकाका ८ वटै वडामा नेतृत्व चयन भएको छ । गाउँपालिका अन्तर्गतका ८ वटै वडाहरुमा नेकपा (एमाले) को प्रथम अधिवेशन सम्पन्न भएको नेता ऋषी अधिकारीले जानकारी दिए । यस्तै पाणिनी गाउँपालिकामा पनी आजै अधिवेशन सम्पन्न भएको छ । सर्वसम्मत रुपमा पालिकाका ८ वटै वडामा नेतृत्व चयन गरिएको नेता जिवनारायण कोईरालाले जानकारी दिए ।अर्घाखाँची पाेष्ट

 

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै