
अर्घाखाँची । नेकपा एमालेको वडा अधिवेशनकै दिन कांग्रेसले १ सय ६४ जना पार्टीमा भित्राएको छ । दुर्गाफाँटमा एका तिर एमालेले वडा अधिवेशन गरिरहँदा अर्को तिर नेपाली कांग्रेसले पार्टी प्रवेश कार्यक्रम राखेको थियो । पाणिनी गाउँपालिकामा नेकपा एमालेको वडा अधिवेशन फिका भएको छ ।
जिल्लाको पाणिनी गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरी १ सय ६४ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। पाणिनी गाउँपालिका-३, खिदम लगायतका विभिन्न वडाबाट अन्य पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्। कांग्रेसमा प्रवेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य तथा कांग्रेस संसदिय दलका सचेतक पुष्पा भुसाल, पार्टी सभापति विष्णु (मुस्कान), पूर्व सभापति कमलप्रसाद भुसाल लगायतले अबिर, माला र कांग्रेसको सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन्।
कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, सचिव विष्णुप्रसाद भुसाल, सहसचिव इन्सु मिया, महासमिति सदस्य सूर्यप्रसाद अधिकारी, यादवप्रसाद घिमिरे, केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल, पाणिनि सभापति तुल्सी पौडेल लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, कांग्रेस भातृ तथा शुभेच्छुक संस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियो।
कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापतित्व र शेषकान्त पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो। नेपाली कांग्रेसका सचिव पदका उम्मेद्वार तथा गाउँपालिका अध्यक्ष अच्युत गौतमको पहलमा पार्टी प्रवेश कार्यक्रम भएको हो । यसअँघी पनी गौतमकै पहलमा सयौंले पार्टी प्रवेश गरिसकेका छन् । पालिकामा दबदबा कायम राख्दै आएका गौतमले पार्टीलाई बलियो बनाउँदै लगेका छन् । उनी पालिका अध्यक्ष बनेपछी पाणिनी गाउँपालिकाबाट एक हजार भन्दा बढी नेता कार्यकर्ता कांग्रेस प्रवेश गरिसकेका छन् ।अर्घाखाँची पाेष्ट