चर्चामा “आएका छन् परदेशी घरमा” भिडियो सहित

दिपेन्द्र खत्री ,कार्तिक ७ ,अर्घाखाँची।

अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिकामा जन्म ल्याई नेपालकाे राजधानी काठमाडौंमा रहि छुट्टै पहिचान बनाउन सफल,कलाकार ,रेडोयाे टिभी तथा युटुब हरुमा मिठाे कार्यक्रम संचालक अभिनव चौहान यतिबेला चर्चामा छन् ।गाउँले जीवन देखि नै पत्रकारिता र कलाकारितामा रुचि राख्दै सञ्चारकर्मी काे रुपमा काम गर्दै आएका चाैहान आफ्नाे कार्यक्रम मार्फत पहिले देखीनै चर्चामा छन् ।

उसाेत नेपाली गीत संगीतको क्षेत्रमा दिनानुदिन विभिन्न किसिमका गीतहरु सार्वजनिक भैरहेकाे अबस्थामा ,पछिल्लो समय बजारमा धेरै थरीका गित संगित दिन प्रतिदिन सार्वाजानिक भईरहेका छन्।त्यसमध्ये कुनै गीत चर्चा हिसाब राम्रै चलेका छन् । भने कुनै गीत ठिकै छन् ।त्यसैमध्यको एउटा सबैको मन जित्ने (“आएका छन् परदेशी घरमा”) नामक बोलको गित सार्वजनिक भएको छ ।

हिन्दुहरुको महान पर्व शुभ दीपावली ( तिहार) लाई लक्षित गर्दै सर्व सम्मान म्युजिक प्रा.लि ले उक्त तिहार गीत सार्वजनिक गरेको हाे ।जसमा हराउँदै गएको हाम्रो मौलिकता देखाउन खोजिएको छ। गाउँले परिवेशमा भिडियो निर्माण गरिएको हो।यस गीतमा विशेषगरी परदेशिएका दाजुभाइ जम्मा भएर गाउँमा आउँदा रमाइलो गर्ने खालको विषयलाई समावेश गरिएको छ।

कृष्ण लामिछाने, अस्मिता बुढाथोकी, मोहित विश्वकर्मा र कृष्ण सुनारको आवाज रहेको यस गीतमा अभिनव चौहानले शब्द सिर्जना गरेका छन् भने कृष्ण लामिछानेकै लय तथा एरेन्ज रहेको यो गीतको अडियो मंगल रेकर्डिङ स्टुडियोबाट तयार पारिएको हो।

प्रकाश क्षेत्री, प्रज्ञासी थापा, अभिनव चौहान , दीपक लामा , कृष्ण सुनार र आकृती पोख्रेल लगायत थुप्रै साथीहरुको अभिनय रहेको यस गीतको निर्देशन प्रकाश क्षेत्रीले गरेका हुन् ।महेश बोहराको छायांकन, आधुनिक राजको नृत्य निर्देशन र राजेश कुमारको सम्पादनमा सर्व सम्मान म्युजिक प्रा.लि.को आधिकारिक युटुब च्यानल बाट प्रशारण भएकाे छ । यहाँ गएर भिडियो हेर्न सक्नुहुनेछ 👇️।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै