Advertisement
विज्ञापन

अर्घाखाँचीमा विभिन्न पार्टीका १६४ कार्यकर्ता कांग्रेसमा प्रवेश



Advertisement
विज्ञापन

अर्घाखाँची ।   अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।पाणिनिको दुर्गाफाटमा आयोजना गरिएको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रममा पाणिनिभित्रका विभिन्न वडाबाट अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) , पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले अविर , माला र कांग्रेस पार्टीको सदस्यता हस्तान्तरण गरेर पार्टी प्रवेश गराएका हुन ।


Advertisement
Advertisement
Advertisement

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव विष्णुप्रसाद भुसाल , सहसचिव ईन्सु मिया , महासमिति सदस्य सुर्य प्रसाद अधिकारी , यादव प्रसाद घिमिरे , केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पाैडेल, लेखनाथ पाेख्रेल, कृष्णप्रसाद खनाल , पाणिनि सभापति तुल्सी पाैडेल लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि , कांग्रेस भातृ तथा सुभेच्छुक सस्था प्रमुख, प्रतिनिधि लगायत नेपाली काङ्ग्रेसका शुभचिन्तकहरुको बाक्लो उपस्थिति रहेको थियोे ।
उक्त कार्यक्रम नेपाली कांग्रेस खिदिमका सभापति हरि बन्जाडेकाे सभापतित्व र शेशकान्त पाेख्रेलकाे सञ्चालनमा सम्पन्न भएको हाे ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Advertisement
Advertisement
Ads will close in 8 seconds
Skip Ad